सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • नेपाली कागज उद्योग कच्चा पदार्थ र बजार अभाबका कारण सङ्गकटमा !

नेपाली कागज उद्योग कच्चा पदार्थ र बजार अभाबका कारण सङ्गकटमा !

435
Shares
नेपाली कागज उद्योग कच्चा पदार्थ र बजार अभाबका कारण सङ्गकटमा !

काभ्रे :- लोक्ता वा अर्गेनी नामक वनस्पतिको बोक्राबाट बन्ने गर्दछ। जिल्लाको पनौती नगरपालिका वडा न १० खोपासीमा चर्तुमान शाक्य र साथीहरु ३ जना मिलेर सुरु गरेको फेण्डसिप कागज उद्योग विगत १५ वर्षदेखि अनेकौ समस्या र उतारचडाब झेल्दै निरन्तर संचालनमा छ। सामान्य कच्चा पदार्थ समेत अन्य जिल्लाबाट खरीद गरेर ल्याउनु पर्ने उधोगको बाध्यताको बाबजुत उधोग निरन्तर सन्चालमा छ।

नेपाली कागज बढ्दो आधुनिक कागजको प्रयोगले लोप हुने अवस्थामा पुगेको छ । हाते कागज समेत भनेर चिनिने नेपाली कागज लेखापढीका लागि मात्र नभइ उपहार सामाग्री, खाम बनाउन र खाद्य वस्तु प्याकेजिङ्ग लगायतमा पनि प्रयोग हुने भएकोले स्वदेशमा मात्र होइन विदेश सम्म यसको माग छ । वर्षौदेखि प्रयोग हुँदै आएको कागज प्रयोगमै कमि आउनाले र कच्चा पदार्थ सम्म नपाउदा उधोग व्यवसाय समस्या झेल्दै आएको आईरहेका छन्।

उमेरले ६५ भैसकेका शाक्य उधोग बिस्थापनको खतरा रहेको स्पट बताउछन। शाक्य र अन्य २ साथीहरु मिलेर १५ बर्ष अघिदेखी साझेदारीमा ३ लाख लगानी गरेर नेपाली कागज बनाउने कारखाना सञ्चालन गरे ।, विस्तारै कागज कारखाना व्यवस्थित पनि बन्यो । अहिलेसम्म आइपुग्दा एक दर्जन कामदारसमेत कागज उत्पादनमा दैनिक खटाउने गर्दै आएका छन् ।

‘सुरुका बर्ष राम्रौ चल्यो केही अर्डरहरू पनि आउन थाल्यो पहिले त एउटा व्यक्तिले हाम्रो उत्पादनलाई अमेरिकासमेत निर्यात गर्न लैजान्थे तर आजभोली निर्यात गर्न नै नसकिने भनेपछि हाम्रो उत्पादनले बजार पाउनै छाड्यो । बर्षको ८ महिना जति काम हुन्छ त्यो पनि उत्पादित कागजले बजार नपाउँदा अब यो उद्योग नचल्ला भन्ने हामीले सोचिसकेका छौँ’ उनले भने , ‘हामी अब विस्थापन तिर लाग्नै पर्छ , किनकी उत्पादन लागत बडी छ , त्यसमाथी निर्यात नै ठप्प छ । यसरी घाटा खाएर उद्योग चलाउन सकिन्न ।’

सरकारी काम काजको लागि अत्यधिक प्रयोग हुने गरेको नेपाली कागजले बजार र कच्चा पदार्थ सम्म सहजता नहुदा उद्योग धराशायी बनेको हुन्। नेपाली बजारमा मालपोत, अदालत,प्रशासन कार्यालयहरू, नापी, भूमी व्यवस्थापन,लगायत सयौँ सरकारी कार्यालयहरूमा प्रयोग हुने कागजले डिजिटल प्रविधिहरू र अन्य पेपरहरू प्रयोग बड्न थालेको कारण पनि यसको माग विशेष अवस्थामा बाहेक कम हुन थालेको उद्योगीहरूको बुझाई छ ।

प्रति कामदार प्रतिदिन ४ सयको दरले दिनु पर्छ उत्पादन भन्दा उत्पादन लागत धेरै हुन थालेको छ ।,अहिले कच्च पदार्थकोरूपमा लाखा अग्रेली,र बाबीयो प्रयोग गर्दै आएका छन् । यी कच्चा पदार्थहरू पनि ताप्लेजुङ,दोलखा , इलाम,लगायतका ठाउँबाट ल्याउनु पर्ने बाध्यता छ।

सरकारले नै व्यवस्थापनको जिम्मा लिए मात्रै यो उद्योग टिक्न सक्ने उधोगीको बुझाई छ। यस्ता उधोगहरुलाई विस्थापीत हुन् नदिन तिनै तहका सरकारले विशेष योजना र कार्यक्रम ल्याएमा मात्र नेपालि कागज (हाते कागज) को अस्तित्व र उधोगीले समेत पलायन हुनु पर्दैन थ्यो की ?

435
Shares

ट्रेन्डिङ