होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सबैको समाचार
आइतवार, अशोज १४, २०८०
  • होमपेज
  • नेपाल साँस्कृतिक संघमा नयाँ नेतृत्वको खाचो छः कार्की

नेपाल साँस्कृतिक संघमा नयाँ नेतृत्वको खाचो छः कार्की

नेपाल साँस्कृतिक संघमा नयाँ नेतृत्वको खाचो छः कार्की

नेपाली काँग्रेस सम्बद्ध कलाकारहरुको संघ नेपाल साँस्कृतिक संघको आसन्न दोस्रो महाधिबेशन नजिकिदै गएको छ । महाधिबेशन नजिकिदै जादाँ यस सम्बद्ध नेता तथा कार्यकताहरु महाधिबेशन चलहलपहलमा व्यस्त देखिन्छन् ।दर्जन भन्दा बढी चलिचित्रमा अभियान गरेकी तथा दर्जनौ गीतमा स्वर दिएकी कलाकाररगायिका सुस्मा कार्की नेपाल साँस्कृतिक संघको केन्द्रीय अध्यक्ष पदको चुनाव लड्न भएकी छन् ।
उनी नेपाल साँकृतिक संघको सहमहामन्त्री पनि हुन् । संघको नेतृत्व पक्षले सर्वसम्मत रुपमा अध्यक्ष पद नदिने पक्का भएपछि उनी चुनावी माहोल बनाउने कार्यमा तिब्र रुपमा लागि परेकी छन् ।चुनावी प्रक्रियामा जाँदा हार जितलाई जसले पनि स्वीकार्नुपर्छ । साच्चैको कलाकार पनि हुँ र म सक्षम पनि छु ।
त्यसैले चुनावी प्रतिस्पर्धामा जाँदा पनि मेरो पक्षमा कलाकारदेखि नेतृत्वतहसम्म सबैसँग राम्रै छ र सहमतिमा नै जाने हो भने पनि अहिले हरेक क्षेत्रमा महिलाहरु नेतृत्वमा आइरहेको परिवेशमा सांस्कृतिक संघमा शुरु देखि अहिलेसम्म मैले निरन्तर काम गर्दै आएकोले त्यो अवसर पाउनु पर्छ ।
केहीले चुनाव गर्नुपर्छ भन्नुभएको छ भने केही नेताले सर्वसम्मतिमा जानुपर्छ भन्ने कुरा गर्दै हुनुहुन्छ । तर मेरो जोड, चुनावमै हुन्छ । अक्ष्यक्षका प्रत्यसी कार्कीले बताउनुभयो । नेपाल सांस्कृतिक संघकी सहमहामन्त्री तथा अध्यक्षकी प्रत्यासी सुष्मा काकीका अनुसार एउटै मान्छेले १५\२० बर्ष बस्यो भने अरुले के गर्ने ? संघमा कुनै सिष्टम नै छैन, संघलाई लोकतान्त्रिक बनाउन सकिएको छैन । संघको कार्यालयम पनि स्थापना गर्न सकिएको छैन, भने संघको उन्नती र विकास कहिले हुन्छ ? कहिले गर्ने ।
यो एउटा कलाकारको संस्था भएकोले गर्दा कलाकार हुन जरुरी छ । म नायिका पनि हँु, गायिका पनि हुँ । सबैभन्दा महत्वपूर्ण कुरा त आत्मविश्वास नै हो । महिलाहरुले पनि नेतृत्व सम्हाल्न सक्छन् भन्ने एउटा क्षमता देखाउनको लागि पनि म अगाडि बढेकी हुँ । हो यसैका लागि मैले अध्यक्ष पदको उम्मेदवारी दिएको हुँ ।
साँस्कृतिक संघ लावारिस जस्तो भएको छ । एउटा कार्यालयसम्म छैन । साँस्कृतिक संघ भन्ने एउटा नाम मात्र छ । एउटा वोर्ड पनि छैन अहिले त । झोलामा कार्यालय छ भन्दापनि हुन्छ ।
जहाँ चिया पिएर गफ गर्यो त्यही कार्यालय भइरहेको छ यस्तो संस्कृतिले कहिले अगाडि बढ्ने जसले गर्दा संघमा नयाँ नेतृत्वको खाचो छ । सरकारले स्थानीय तहको चुनाव गराउँदै छ । जसमा यो साँकृतिक संघले पार्टीलाई चुनावमा कसरी सहयोग गर्ने भन्ने योजनाहरुका साथै कलाकारका हक, हित सम्बन्धित कामहरु अबका दिनहरुमा गर्नुपर्ने हन्छ ।
संघलाई व्यवस्थित तवरले विधिविधान ढंगबाट अगाडि बढाउन नसकेको र स्थापनाकालदेखि नै एकै व्यक्तिबाट १०र१२ वर्ष सम्मन निरन्तर संघको अध्यक्षता सम्हाल्दा पनि कुनै प्रगति, उन्नती नभएको भनी संस्थापन पक्षको कडा विरोध र आलोचना भइरहेको छ । यही विवादका कै कारण संघको अधिवेशन माघको ७, ८, ९ गते बाट सरेर २१,२२ र २३ गते हुने भनिएको छ ।
संघको पहिलो महाधिबेशन ०६६ सालमा भएको थियो । त्यतिबेला ५९ जिल्लाको सहभागिता थियो, तर अहिलेको महाधिबेशनमा ७५ जिल्लाकै प्रतिनिधिको सहभागिता हुने भएकाले संघको महाधिबेशनमा करिब एक हजार प्रतिनिधिको सहभागिता हुने भएकोले यो महाधिबेशन ऐतिहासिक हुने संघका प्रतिनिधी तथा आयोजकको दाबी छ ।
उक्त महाधिवेशनको उद्धघाट्न भने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने महाधिबेशन संयोजक तीर्थबहादुर थापाले जानकारी बताए ।

ट्रेन्डिङ