सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • कीर्ति स्मृति पत्रकारिता पुरस्कार घिमिरेलाई

कीर्ति स्मृति पत्रकारिता पुरस्कार घिमिरेलाई

3005
Shares
कीर्ति स्मृति पत्रकारिता पुरस्कार घिमिरेलाई

नेपाल पत्रकार महासङ्घ कास्की शाखाबाट सञ्चालित एवम् सूर्यप्रेम बहुदेश्यीय समाजसेवा ट्रष्टद्वारा स्थापित कीर्ति स्मृति पत्रकारिता पुरस्कार २०७३ पत्रकार युवराज घिमिरेलाई प्रदान गरिएको छ ।
पत्रकारिताको माध्यमबाट मुलुकको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने एक जना पत्रकारलाई प्रत्येक वर्ष प्रदान गरिने सो पुरस्कारको राशि रु एक लाख ११ हजार १११, ताम्रपत्र र दोसल्ला रहेको छ ।
ट्रष्टका संरक्षक एवम् समाजसेवी सूर्यबहादुर केसीले शनिबार यहाँ आयोजित एक समारोहमा पुरस्कृत घिमिरेलाई नगदसहित ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गर्दै पुरस्कारको निरन्तरताको लागि रु ११ लाख ११ हजार १११ को अक्षयकोषको स्थापना गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार ट्रष्टबाट समाजमा शिक्षा, स्वास्थ्य, वातावरण, बालबालिकाको क्षेत्रको विकासलगायत सामाजिक उत्तरदायित्व पूरा गर्ने सोच रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले विभिन्न सङ्घसंस्था र व्यक्तिबाट स्थापना गरिएका पुरस्कारले पत्रकारिता क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुगेको बताउनुभयो ।
पुरस्कृत व्यक्तित्व पत्रकार घिमिरेले स्वतन्त्र र जवाफदेही पत्रकारिताको खाँचो औँल्याउँदै पुरस्कारले आफूलाई थप जिम्मेवार बनाएको बताउनुभयो ।
कार्यक्रममा प्रतिभा छनोट समितिका संयोजक बद्रीविनोद प्रतीक, पत्रकार महासङ्घका सल्लाहकारद्वय रामकृष्ण ज्ञवाली र रमेश पौडेल, पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विश्वशङ्कर पालिखे, ट्रष्टका अध्यक्ष सन्तबहादुर गुरुङ, युवा उद्यमी किरण केसी, पत्रकार केशवशरण लामिछाने महासङ्घका सचिव रामप्रसाद तिमिल्सिनालगायतले पत्रकारिताको महत्व माथि प्रकाश पार्नुभएको थियो । रासस

3005
Shares

ट्रेन्डिङ