सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • खुल्यो अवरुद्ध बीपी राजमार्ग, यस्तो भयो सहमती

खुल्यो अवरुद्ध बीपी राजमार्ग, यस्तो भयो सहमती

3575
Shares
खुल्यो अवरुद्ध बीपी राजमार्ग, यस्तो भयो सहमती

काभ्रे : बिहानदेखि अवरुद्ध रहेको बीपी राजमार्गको चौकोट खण्ड सञ्चालनमा आएको छ । भोलीदेखि ठेकेदारले काम गर्ने गरी मौखिक सहमति भएपछि सडक खुलेको हो ।

चौकोटका स्थानीयले निर्माण गर्ने जिम्मा पाएको ठेकेदारले सडक पिच गर्ने समय तालिका सहितको प्रतिबद्धता जनाउन माग गर्दै बिहान ८ बजेदेखि सडक ठप्प पारेका थिए ।

नयाँ पिच गर्न भन्दा रातारात भएको पिच उप्काएको र पिच नगरको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका हुन् ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतम, काभ्रेका प्रहरी प्रमुख एसपी भाग्येन्द्र पुरुष ढकाल, स्थानीय बासिन्दा र ठेकेदारका प्रतिनिधिबीच भोलीदेखि सडकमा काम गर्ने सहमति भनेपछि अवरुद्ध सडक खुलेको हो ।

3575
Shares

ट्रेन्डिङ