सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • फेसबुकले किन भर्ना गर्दैछ ३ हजार सहजकर्ता ?

फेसबुकले किन भर्ना गर्दैछ ३ हजार सहजकर्ता ?

5795
Shares
फेसबुकले किन भर्ना गर्दैछ ३ हजार सहजकर्ता ?

सोसल मिडिया कम्पनी फेसबुकले तिन हजार जना नयाँ कर्मचारी भर्ना गर्दैछ । समाचार अनुसार फेसबुकले सहजकर्ताको रुपमा ३ हजार जना नयाँ जनशक्ति भित्राउन लागेको हो ।नयाँ कर्मचारीहरुले अश्लीलता तथा घृणा फैलाउने, बालबालिकामाथिको हिंसासँग सम्बन्धित पोष्टहरुका साथै आत्महत्या तथा हत्यावाला भिडियोमाथि निगरानी गर्नेछन् ।
फेसबुकका सिइओ मार्क जुकरबर्गका अनुसार फेसबुकमा लाइभ भिडियोको माध्यमबाट मानिसहरुले आफैलाई दुख दिने वा आत्महत्या गर्ने गरेका दृश्यहरु हेर्नु निकै दुखदायी बनिरहेको छ ।अब यस्तो खालका भिडियोहरुबारे रिपोर्ट गर्ने प्रक्रियालाई समेत सरलीकरण गरिनेछ ।पछिल्लो समयमा फेसबुकमा लाइभ प्रशारण गरी हत्या तथा आत्महत्या गरेका घटनाहरु सार्वजनिक भैरहेका छन् ।
जुबरकर्गका अनुसार फेसबुकमा अहिले पनि ४५ सय जना मोडरेटरले काम गरिरहेका छन् । अब थपिने ३ हजार जनशक्तिले पनि आपत्तिजनक सामाग्रीमाथि द्रुत गतिमा कदम उठाउने काममा सहयोग गर्नेछन् ।आफ्नो फेसबुक वालमा जुकरबर्गले लेखेका छन्ः कम्पनीले नयाँ टूल बनाउनेछ ता की आपत्तिजनक कन्टेन्टमाथि द्रुत रुपमा कारवाही हुन सकोस् ।
जुकरबर्गको यो भनाई अनुसार के अनुमान गर्न सकिन्छ भने यदि कुनै व्यक्तिको ज्यान खतरामा छ भन्ने सुइँको फेसबुकका मोडरेटरले पाएभने उनीहरुले उक्त व्यक्तिलाई सम्पर्क गर्नुको साटो पुलिस वा सरकारी अधिकारीलाई सम्पर्क गर्नेछन् ।जुकरबर्गले लेखेका छन्ः अघिल्लो हप्ता एकजना व्यक्तिले लाइभ स्टि्रमिङ गरेरै आत्महत्या गर्न गैरहेको जानकारी पाएसँगै हामीले अधिकारीहरुसँग सम्पर्क गर्‍यौं अनि उक्त व्यक्तिलाई सम्झाएर आत्महत्याबाट जोगाउन सफल भयौँ ।
बीबीसी

5795
Shares

ट्रेन्डिङ