सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • आज खण्डग्रास चन्द्रग्रहण लाग्दै, के गर्न हुन्छ ? के हुँदैन ?

आज खण्डग्रास चन्द्रग्रहण लाग्दै, के गर्न हुन्छ ? के हुँदैन ?

2665
Shares
आज खण्डग्रास चन्द्रग्रहण लाग्दै, के गर्न हुन्छ ? के हुँदैन ?

काठमाडौं, कात्तिक ११ : आश्विन शुक्ल पूर्णिमामा कात्तिक ११ गते (आज) खण्डग्रास चन्द्रग्रहण लाग्दै छ ।

नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार राति १ः१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सूतक अपराह्न ४ः१९ बजेदेखि सुरु हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए । राति २ः३८ बजे ग्रहणको मोक्ष अर्थात् समाप्त हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चांग)मा उल्लेख छ ।

ग्रहणका बेलामा नित्य र नैमित्तिक कर्म गर्न हुन्छ । विशेष कामना राखेर गरिने कर्म भने गर्न हुँदैन । आश्विन शुक्ल चतुर्दशीदेखि कार्तिक कृष्ण प्रतिपदासम्म तीन यस्ता कर्म गर्न नहुने शास्त्रीय वचन रहेको पनि धर्मशास्त्रविद् भट्टराईले बताए ।

यो चन्द्रग्रहण वि.सं. २०८० मा लाग्ने एउटै ग्रहण भएको समितिले जनाएको छ । चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सूतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताए ।

2665
Shares

ट्रेन्डिङ