सबैको समाचार
बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • आफ्नै लगानीमा १७ हजार मेगावाट बिजुली निकाल्न सक्छौँ: उर्जामन्त्री शर्मा

आफ्नै लगानीमा १७ हजार मेगावाट बिजुली निकाल्न सक्छौँ: उर्जामन्त्री शर्मा

4385
Shares
आफ्नै लगानीमा १७ हजार मेगावाट बिजुली निकाल्न सक्छौँ: उर्जामन्त्री शर्मा

काठमाडौं, बैशाख २२– उर्जामन्त्री जनार्दन शर्माले स्वदेशी लगानीमा १७ हजार मेगावाट बिद्युत निकाल्न सकिने बताएका छन् । रातोपाटी डटकमको नियमित कार्यक्रम वारपारमा कुराकानी गर्दै मन्त्री शर्माले सरकार र जनताको लगानीमा ७ बर्षमा १७ हजार विद्युत उत्पादन गर्न सकिने बताएका हुन् ।
स्वदेशको श्रमशक्ति र स्वदेश तथा बिदेशमा रहेका नेपालीहरुको लगानीमा त्यसबाट बाट हुने फाइदा सरकार र जनतालाई बाँढ्ने गरी यो कार्ययोजना अघि बढाँउन लागिएको उनको भनाई छ । यसका लागि सात आठ अर्बको लगानी प्रतिबद्धता आइसकेको मन्त्री शर्माले जानकारी दिए ।
नेपाल लोडसेडिङ मुक्त हुँदै जानु र प्राधिकरणले सफतलता हासिल गर्नुमा कर्मचारीको मेहनतको फल रहेको मन्त्री शर्माको भनाई छ । उनले भने –“मन्त्री, एमडी बाहिर देखिने कुरा मात्र हुन्, हाम्रो योजनालाई साकार रुप दिन कर्मचारीहरुको ठूलो भूमिका छ । हामीले त्यही अनुसार नै कर्मचारीलाई पनि प्रोत्साहित गरेका छौँ ।” उनले कुनै पनि कुराको सफलताको मुख्य बिषय नै नेतृत्वको सोँचमा भर पर्ने बताउँदै आफुले बनाएको योजना र प्रतिबद्धताले मुर्त रुप लिएको बताए ।
३७ बुँदे प्रतिबद्धताका अधिकांश योजना पूरा हुँदै
मन्त्री शर्माले आफुले मन्त्रालय सम्हाल्ने बेलामा आफूले जारी गरेका २७ बुँदे प्रतिबद्धता मध्ये पाँच÷सात ओटा बुँदा काम बाहेक अन्य बुँदामा काम भइरहेको बताए । उनले भने–“पहिलो बुँदा नै देशलाई अन्धकारबाट हटाँउने भन्ने थियो त्यो पूरा भएको छ । जलबिद्युत आयोजनामा एक लाख रुपैया सबैले शेयर हाल्न पाउने भन्ने बिषय पनि नीति गतरुपमा अघि बढेको छ । ६० लाख यूवालाई शेयर प्रक्रियामा जोड्ने योजना सफल हुँदै गरेको छ ।”
लोडसेडिङको देशमा उर्जा मन्त्रीको सपथ खाइरहेको बेला नै आफूले अँध्यारो हटाँउने संकल्पक गरेको, बिभिन्न चुनौतीहरुलाई हटाँउदै सफल भएको बताए । उनले आफूँ स्वंय नै बिद्युतको ग्राहक भएकोले लोडसेडिङको टर्चर आफुले पनि भोगेकाले आफ्नो मुख्य लक्ष्य नै उज्यालोको खोजी रहेको बताए । लोडसेडिङ हटेपछि आर्थिक बृद्धिदर ८ प्रतिशत सम्म पुगेको बताँउदै मन्त्री शर्माले देश विकासको गतिमा अघि बढेको बताँउदै जनताको सपना पूरा गरेको बताए ।
उनले भने–“निर्वाचनका बेला मैले भष्ट्राचार गर्दिन, राष्ट्रघात गर्दिन भनेर जुन प्रतिबद्धता गरेको थिँए, मैले जनताहरुको दैलोमा पुगेर भन्ने गरेको छु, मैले शीर ठाडो राखेर तपाईहरुले दिएको भोटको इज्जत बचाएको छु, भनेको छु ।”
बिद्युत प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङसँग पन्ध्र पन्ध्र दिनमा छलफल हुने बताँउदै के गर्दा तीब्र गतिमा नयाँ काम अघि बढाँउन सकिन्छ भन्नेमा केन्द्रित हुने बताए ।
लाइसेन्सका दलाललाई कारबाही
उर्जामन्त्री शर्माले केही मान्छेको धन्दा नै लाइसेन्स खरिद बिक्री गर्ने रहेछ, उर्जा बिकासलाई अवरुद्ध गर्ने रहेको बताए । मापदण्ड पुराएरै आएपछि लाइसेन्स दिन बाध्य हुने र त्यस्ता दललाहरुका हातमा लाइसेन्स नपरोस भनेर निर्देसन दिइएको बताए । रोक्न खोज्दा खोज्दै पनि एकदुईजनाले फुत्काएरै लैजाने गरेको बताँउदै मन्त्री शर्माले त्यसलाई रोक्न लागिपरेको बताए ।
भष्ट्राचार र कमिसनलाई बढावा दिन एलईडी रोक्ने खेल
विद्युत खपत कम गराउँन भारतबाट एलइडी चिम ल्याउन लाग्दा ब्यापारी र कमिसनखोरले रोक्न खोजेको मन्त्री शर्माको भनाई छ । भारतमा साढे ३ सयदेखि ४ सय रुपैयाँ सम्म पर्ने एलइडी नेपालमा १ सय ४ रुपैयाँमा वितरण गर्ने गरी ल्याँउन खोज्दा ब्यापारी र कमिसन चाहने प्रशासकले भ्रम छर्न खोजेको उनको भनाई छ ।
स्थापित कम्पनीले बनाएको चिम भारतले पचासाँै करौडौ किन्दा केही सस्तो पर्ने नेपालमा एक दुई करोड ल्याँउदा थोरै मंहगो पर्ने देखिए पनि त्यसलाई जोडेर भ्रम छोड्न खोजीएको मन्त्री शर्माको भनाई छ । उनले ४ सय पर्ने एलईडीलाई १ सय ४ रुपैयामा ल्याउँदा मंहगो पर्छ भन्ने हरुले यो देशमा भष्टाचार बढाउन खोजिरहेको बताए । आफूले भष्टाचार बिरुद्ध लेखासमितमा लडिरहेको, मन्त्रालयमा लडिरहेको बताँउदै आज पत्रिकामा आएको समाचार ब्यापारीको प्रलोभनमा परी कथा लेखिएको बताए ।
उनले भने–“यो कुरा प्रयोजित कुरा हो । यसबाट २ सय १ मेगावाट बिद्युत खपत गर्न सकिन्छ, यसबाट राष्ट्रलाई अरबौँ रकम फाइदा हुन्छ । केही ब्यापारीहरुका, प्रशासनका कर्मचारी पनि भष्ट्रचारी ब्यापारीले कमिसन खानका उल्टो रकम दिएर यो प्रक्रियालाई रोक्न खोजेको पनि उनले स्पष्ट पारे ।
एलइडी खरिद प्रक्रियाकाबीचमा कोही दलाल नभएको र जीटुजी अर्थात सरकार र सरकारबीच छलफल भएर अघि बढेको प्रक्रियामा कसैले एक सुका पनि पनि खान नसक्ने मन्त्री शर्माको भनाई छ । उनले आफूबिरुद्ध केही भ्रष्ट प्रशासकले कोठामा पत्रकार बोलाएर कथा लेख्न लगाएको र ती मान्छे कोको हुन् आफूले चिनेको बताए ।
उनले अरु देशले ५० बर्ष लगाएर गरेको काम हामीले १५ बर्षमा गर्न सक्ने बताउँदै ८ हजार मेगावाट क्षमता भएका जलाशय सरकारले लगानी गर्ने, अरु प्राइभेट संस्थाहरुले गरेका योजनाहरु जोड्दा ७ वर्षमा १७ हजार मेगावाट बिजुली ल्याउँने योजनाका साथ काम अघि बढाइरहेको बताए ।

4385
Shares

ट्रेन्डिङ