सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • धुलिखेल खावा सडक: जिसस प्रमुख गौतमले गरे अनसन सुरु

धुलिखेल खावा सडक: जिसस प्रमुख गौतमले गरे अनसन सुरु

1055
Shares
धुलिखेल खावा सडक: जिसस प्रमुख गौतमले गरे अनसन सुरु

धुलिखेल–खावा सडक विस्तारमा भैरहेको ढिलाई प्रति ध्यानाकर्षण स्वरुप जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपक कुमार गौतमले अनसन शुरु गर्नुभएको छ ।

सडक विस्तारको काम निकै ढिला भैरहेकोले सरकारको ध्यानाकषर्ण गराउन गौतमले अनसन सुरु गर्नुभएको हो । पछिल्लो केहीदिन यता यो सडक खण्डमा काम ठप्प छ ।

यो सडकको काममा भैरहेका ढिला सुस्तीलाई लिएर जिसस प्रमुख गौतमले यसअघि पनि पटक पटक जिल्ला तहमा छलफल, अन्तरक्रिया गर्दै आइरहनुभएको थियो ।

यसअघि संघीय सदनमा काभ्रे निर्वाचन क्षेत्र नम्बर २ का सांसद एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले पनि सरकारको ध्यानाकर्षण गराउँदै अनसन बस्ने चेतावनी दिनुभएको थियो ।

निर्माण कम्पनी गौरी पार्वती निर्माण सोव प्रा।लिले नै सडक विस्तारमा अवरोध गरेपछि तोकिएको समयमा काम पुरा नहुने भएको हो । सम्झौता मिति सकिन जम्माजम्मी एक महिना मात्रै बाँकी हुँदा एक तिहाई समेत काम सम्पन्न भएको छैन् ।

1055
Shares

ट्रेन्डिङ