सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • काँग्रेस उम्मेदवारको गाडी आगजनीमा

काँग्रेस उम्मेदवारको गाडी आगजनीमा

4590
Shares
काँग्रेस उम्मेदवारको गाडी आगजनीमा

पोखरा, २४ वैशाख । नेपाली काँग्रेसबाट माछापुच्छ«े गाउँपालिका–२ का वडाध्यक्षका उम्मेदवार गुञ्जमान गुरुङले चुनाव प्रचार प्रसारमा प्रयोग गरेको गाडीमा गए राति आगजनी गरिएको छ ।
गाउँपालिकास्थित सार्दीखोलामा पार्किङ गरिएको अवस्थामा रहेको ग १ ज ६४४५ नंको गाडी राति १२.०० बजेतिर अज्ञात समूहले आगजनी गरेको काँग्रेस कास्कीका उपसभापति हरि आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीबाट गाडी पूर्ण रुपमा ध्वस्त भएको छ । उम्मेदवार गुरुङले माछापुच्छे« गाउँपालिका लाहाचोकका स्थानीयवासी एवम् पार्टीका क्रियाशील सदस्य मखलाल परियारको गाडी चुनावी प्रयोजनका लागि प्रयोग गर्दै आउनुभएको थियो ।
यसैबीच काँग्रेस कास्कीले आज विज्ञप्ति जारी आगजनीप्रति खेद प्रकट गरेको छ । पार्टीका सभापति कृष्ण केसीद्वारा जारी विज्ञप्तिमा चुनावलाई प्रभावित गर्ने गरी हतास मनस्थितिका साथ गरिएका यस्ता कार्य निन्दनीय भएको उल्लेख गर्दै दोषीको पहिचान गरी तत्काल कारबाही गर्न माग गरिएको छ । आगामी दिनमा यस्ता कुनै पनि गतिविधि नगर्न पार्टीले चेतावनी दिएको छ । रासस

4590
Shares

ट्रेन्डिङ