सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • १२० किलो गाँजा सहित ६ जना नियन्त्रणमा

१२० किलो गाँजा सहित ६ जना नियन्त्रणमा

1240
Shares
१२० किलो गाँजा सहित ६ जना नियन्त्रणमा

सुनसरी :- गाँजा बोकेको गाडी र मोटरसाइकल सहित ६ जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका-१ स्थित चतरापुल नजिकै बराहक्षेत्र जाने सडकखण्ड बाट शुक्रबार सशस्त्र प्रहरीले करिब १२० किलो गाँजा बोकेको गाडी र मोटरसाइकल सहित ६ जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीले नियन्त्रणमा लिएकाहरू भारत घर बताउने ३६ वर्षीय महोमद सिराज, २० वर्षीय अस्ताजु आलम, १९ वर्षीय नसिम आलम, ५२ वर्षीय ओमप्रकाश रजक, सुनसरी जिल्लाको देवनागंज गाउँपालिका-५ बस्ने ३१ वर्षीय ओमप्रकाश साह र २० वर्षीय शिवम साह रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए।

बिआर ०२ आर ९९९४ नम्बरको भारतीय गाडीमा राखी भारततर्फ लैजाँदै गरेको उल्लिखित परिमाणको गाँजासहित उनीहरूलाई नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीले नियन्त्रणमा लिएको हो। प्रदेश नं. १–०२–०५० प ६३०४ नम्बरको मोटरसाइकलले सो गाडीलाई स्कर्टिङ गरी लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएकाहरूलाई बरामद गाँजा, गाडी र मोटरसाइकल सहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको डिएसपी थापाले जानकारी दिए।

1240
Shares

ट्रेन्डिङ