सबैको समाचार
बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • निर्वाचनको तयारीबारे प्रधानमन्त्रीलाई जानकारी

निर्वाचनको तयारीबारे प्रधानमन्त्रीलाई जानकारी

3510
Shares
निर्वाचनको तयारीबारे प्रधानमन्त्रीलाई जानकारी

काठमाडौँ, २४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले यही वैशाख ३१ गते हुने निर्वाचनको समग्र तयारीका बारेमा जानकारी गराउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुबीच आज भएको भेटवार्तामा प्रमुख निर्वाचन आयुक्त डा यादवले सम्पूर्ण मतदान सामग्रीसहित मतदान अधिकृत स्थानीय तहमा पुगिसकेको जानकारी गराउनुभएको थियो ।
सो अवसरमा प्रधानमन्त्री दाहालले स्वच्छ, स्वतन्त्र र भयरहित निर्वाचनका लागि सरकारले जस्तोसुकै भूमिका निर्वाह गर्न तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको प्रमुख आयुक्त डा यादवले बताउनुभयो । आयोगबाट निर्वाचनका लागि भइरहेको व्यवस्थापकीय तयारीप्रति प्रधानमन्त्री दाहालले धन्यवाद व्यक्त गर्नुभएको थियो । रासस

3510
Shares

ट्रेन्डिङ