• होमपेज
  • चुनावका लागि दलहरु सक्रिय

चुनावका लागि दलहरु सक्रिय

चुनावका लागि दलहरु सक्रिय

आगामी वैशाख ३१ गते स्थानीय निकायको निर्वाचन गर्ने मिति सरकारले घोषणा गरेसँगै बाँके जिल्लाका राजनीतिक दललाई चुनावी रापले तताएको छ । जिल्लाका नेता, कार्यकर्ता अहिलेदेखि नै आ–आफ्नो पार्टीको एजेन्डा लिएर गाउँगाउँ र टोलटोलमा पस्न थालेका छन् भने स्थानीयबासी लामो प्रतिक्षापछि नेता भेट्न पाउँदा मख्ख परेका छन् ।
जिल्लाका सडक, चोक, गाउँ, सहर सबै स्थानमा अहिले स्थानीय तह निर्वाचनकै कुराले प्राथमिकता पाउन थालेको छ । नागरिकमा अहिले चुनाव होला कि नहोला भन्ने आशङ्का देखिए पनि कतैबाट खासै विरोधका कार्यक्रम र स्वर सुन्न नआएकाले पनि चुनाव हुनेमा चुनावका पक्षमा रहेका दलहरु ढुक्क देखिएका छन् ।
त्यसैगरी, यसअघि शान्त झै देखिने जिल्ला निर्वाचन कार्यालयका कर्मचारी पनि आवश्यक साधन, स्रोत जुटाउन, दलसँग अन्तक्र्रिया गर्नलगायतका व्यवस्थापकीय काममा व्यस्त देखिन थालेको पाइन्छ ।
क्षेत्रीय निर्वाचन कार्यालय, बाँकेका सूचना अधिकृत काशीलाल अधिकारीका अनुसार गत असोज मसान्तसम्म सङ्कलन गरिएको लगतअनुसार यस जिल्लामा दुई लाख ४० हजार ९८७ मतदाता रहेका छन् । कुल मतदातामध्ये एक लाख १७ हजार ८०३ महिला र पुरुष एक लाख २३ हजार १८३ रहेका छन् ।
सो कार्यालयका अनुसार, हालसम्म निर्वाचन प्रयोजनका लागि यहाँका २७ दलले सबै कानुनी प्रक्रिया पूरा गरी निर्वाचन कार्यालयमा दल दर्ता गराएका छन् ।
तर, अन्तिम मतदाता नामावली अद्यावधिक गर्न केही प्रक्रिया बाँकी रहेकाले नामावलीमा केही सङ्ख्या थपघट हुनसक्ने सूचना अधिकृत अधिकारीले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका