सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रे माओवादीको आरोप – विश्वप्रकाशले सस्तो लोकप्रियताको लागि भ्रामक प्रचार गरे (विज्ञप्तिसहित)

काभ्रे माओवादीको आरोप – विश्वप्रकाशले सस्तो लोकप्रियताको लागि भ्रामक प्रचार गरे (विज्ञप्तिसहित)

3775
Shares
काभ्रे माओवादीको आरोप – विश्वप्रकाशले सस्तो लोकप्रियताको लागि भ्रामक प्रचार गरे (विज्ञप्तिसहित)

 

काठमाडौं । नेकपा माओवादी केन्द्र काभ्रे जिल्ला कमिटी अध्यक्ष रुकु चौलागाईले नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले अतिरञ्जित र भ्रा मक प्रचार गरेको भन्दै दिपेन्द्र गिरीको मेरुदण्ड भाँचिनुमा माओवादी आ क्रम णको संलग्नता पुष्टि गर्न चु नौ ति दिएकी छन् ।

शर्माले शुक्रवार साथीहरुले लगाइदिएका सबै खादा र माला बोकेर वर्षौदेखि बेडमा रहेका दुई योद्धाको आँगनमा पुगेको भन्दै फोटो पोस्ट गरेका थिए ।

https://www.facebook.com/bishwaprakashS/videos/588263568909777

 

जसमा उनले जनआन्दोलन २०६२/६३ का जिउँदो श ही द मुकेश काफ्ले र माओवादी आक्रमणमा मेरुदण्ड भाँचिएर जीवन सं घर्ष गरिरहेका युवा भन्दै दिपेन्द्र गिरीको प्रसंग उल्लेख गरेका थिए ।

माओवादी काभ्रे जिल्ला संयोजक चौलागाईले चौंरी देउराउली–५ कात्तिके देउरालीका दिपेन्द्र गिरीको मेरुदण्ड भाँचिनुमा माओवादीको कुनै संलग्नता नरहेको र उनी आफ्नै पारिवारिक दु र्घ ट नामा परी जनयद्धुको नाममा द्ध न्द्ध पी डि तको लाभ लिइरहेको दावी गरेकी छन् ।

उनले जिम्मेवार राजनीति नेताबाट सस्तो लोकप्रियताका लागि भ्रा मक प्रचार गरिएको आ रोप लगाएकी छन् ।

-नेपाल प्रेस बाट साभार

 

3775
Shares

ट्रेन्डिङ