सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • गोलाप्रथाबाट कांग्रेसका उम्मेदवार विजयी

गोलाप्रथाबाट कांग्रेसका उम्मेदवार विजयी

5330
Shares
गोलाप्रथाबाट कांग्रेसका उम्मेदवार विजयी

सल्यान, जेठ २ । सल्यानको ढोरचौरमा गाउँपालिका वडा नम्बर ४ मा गोलाप्रथाबाट जित हारको छिनो फानो गरिएको छ । ढोरचौर–४ को वडा अध्यक्षमा गोलाप्रथाबाट कांग्रेसका उम्मेद्वार दिनेश विएम विजयी हुनुभएको छ ।
कांग्रेस र एमालेका उम्मेद्वारले बराबरी मत ल्याएपछि दोहोर्‍याएर मतगणना गरिएको थियो । दुबै पटक गन्दा पनि कांग्रेसका उम्मेद्वार दिनेश बिएम र एमालेका देवेन्द्र रोक्काले समान ३ सय २१ मत पाउनु भएको थियो । दोहोर्‍याएर मत गन्दा पनि बराबरी भएपछि गोलाप्रथाद्वारा विजेताको टुंगो लगाइएको हो ।

5330
Shares

ट्रेन्डिङ