सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • कहिलेसम्ममा आउँछ महानगरको अन्तिम परिणाम ?

कहिलेसम्ममा आउँछ महानगरको अन्तिम परिणाम ?

2925
Shares
कहिलेसम्ममा आउँछ महानगरको अन्तिम परिणाम ?

७ वैशाख, काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकामा एक मिनेटमा सातवटा मात्रै मत गन्न सकेको छ । यही रफ्तारमा मत गनिए परिणाम आउन अझै ४ सय ७३ घन्टा लाग्नेछ । यो भनेको ११ दिन १३ घन्टा हो । किनकि महानगरपालिकामा अझै एक लाख ३३ हजार ३ सय ६५ मत गन्न बाँकी छ । महानगरपालिकामा एक लाख ९३ हजार मत खसेको थियो ।
ललितपुर महानगरमा अब ३० हजार मत गन्न बाँकी छ । यही रफ्तारमा गणना भए महानगरमा ३ दिन लाग्ने छ । ललितपुरको ललितपुर महानगरपालिकामा जम्मा ८९ हजार दुई सय १४ मत खस्यो । त्यसमध्ये ५९ हजार दुई सय १४ मत गन्न एक सय ३८ घन्टा लाग्यो । अर्थात् ललितपुरमा एक मिनटेमा १७ मत गनियो । अब ललितपुरमा ३० हजार मत गन्न बाँकी छ । रफ्तार उही रहे मतपरिणाम आउन तीन दिन लाग्नेछ ।
पोखरा महानगरमा अब ७४ हजार मत गन्न बाँकी छ । कास्कीस्थित पोखरा–लेखनाथ महानगरपालिका जम्मा एक लाख २५ हजार ६ सय १४ मत खस्यो । एक सय २६ घन्टामा त्यसमध्ये ५१ हजार ८ सय ११ मत गनियो । ७३ हजार ८ सय तीन मत गन्न अझै बाँकी छ । अहिलेसम्म १७ मत गन्न एक मिनेट लागेकाले बाँकी मत गन्न अझै सात दिन ६ घन्टा लाग्नेछ ।
भरतपुर महानगरमा अब ७२ हजार मत गन्न बाँकी छ । गएको एक सय २३ घन्टामा भरतपुर महानगरपालिकामा ३९ हजार नौ सय ८२ मत गनिएको छ । अर्थात् भरतपुरमा प्रतिमिनेटमा ५ मत गन्न सकिएको छ । अब बाँकी ७२ हजार ९२५ मत गन्न अझै दुई सय २४ घन्टा लाग्छ । यो भनेको नौ दिन ८ घन्टा हो । भरतपुरमा जम्मा एक लाख १२ हजार नौ सय सात मत खसेको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

2925
Shares

ट्रेन्डिङ