सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • नेपालगञ्जका चार औषधि पसलमा सिलबन्दी

नेपालगञ्जका चार औषधि पसलमा सिलबन्दी

4425
Shares
नेपालगञ्जका चार औषधि पसलमा सिलबन्दी

नेपालगन्ज, ७ जेठ । औषधि व्यवस्था विभाग नेपालगञ्ज शाखाले नेपालगञ्जका चार औषधि पसलमा सिलबन्दी गरेको छ । विभागको टोलीले जिल्ला प्रशासन कार्यालय बाँके र जिल्ला प्रहरी कार्यालयसँग मिलेर गरेको संयुक्त अनुगमनका क्रममा मापदण्ड र कानुन विपरित सञ्चालित चार औषधि पसल सिलबन्दी गरेको हो ।
विभागका निरीक्षक तपेन्द्र भट्टराईका अनुसार अनुगमनका क्रममा दर्ता नगरी पसल सञ्चालन गरेको, सरकारले तोकेको मुल्य भन्दा बढीमा औषधि बेचबिखन गरेको, आवश्यक कागजपत्र देखाउन नसकेका र लागू तथा मनोदिपक औषधिको रेकर्ड नराखी बिक्रि गर्ने औषधि पसललाई सिलबन्दी गरिएको हो । टोलीलले खजुरामा रहेको खजुरा हेल्थ क्लिनिक, लाइफ हेल्थ केयर क्लिनिक, कोहलपुरस्थित आर.के क्लिनिक र एक नाम नखुलाई सञ्चालनमा रहेको क्लिनिकका औषधि पसलमा सिलबन्दी गरेको हो । अनुगमन टोलीमा जिल्ला प्रशासन बाट प्रशासन अधिकृत खगेन्द्र पौडेल, जिल्ला प्रहरीबाट प्रहरी निरीक्षक लक्षमण बहादुर शाहि, विभागबाट फार्मेसी अधिकृत हेमन्त भट्ट, फार्मेसी सुपरभाइजर यदव ढकाल र प्रेम राज जोशी लगायतको सहभागिता थियो ।

4425
Shares

ट्रेन्डिङ