सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • कामपा–१९ उन्नाइसमा काँग्रेस विजयी

कामपा–१९ उन्नाइसमा काँग्रेस विजयी

6485
Shares
कामपा–१९ उन्नाइसमा काँग्रेस विजयी

काठमाडौँ, ९ जेठ । स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिका वडा नं १९ मा नेपाली काँग्रसको पूरै समूह विजय भएको छ । अध्यक्षका उम्मेदवार काँग्रेसका शशीलाल श्रेष्ठले एक हजार ८९९ र उहाँका प्रतिद्वन्द्वी नेकपा(एमाले)का आनन्द शाहीले ८२१ मत पा्रप्त गर्नुभएको छ ।
त्यसैगरी महिला सदस्यमा रेणुकमल शाही एक हजार २३१ मत प्राप्त गर्नुभएको छ । दलित महिला सदस्यमा भने काँग्रेसका तर्फबाटै रञ्जिता परियार निरविरोध निर्वाचित भइसक्नुभएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
खुला सदस्यमा काँग्रेसकै तर्फबाट चन्द्रमान डङ्गोल एक हजार १२६ र मधुसूदन प्रधान एक हजार १५२ मत प्राप्त गरी विजयी हुनुभएको छ । हालसम्ममा कामपा–१, २,३, ५, १९, २२, २३, २४, २५, २६, २७, २८, २९ र ३० को मतगणना सम्पन्न्न भइसकेको छ । हाल ४, ६, ७, ८, ९, १५, १७, १३, १८, २०, २१, ३१, ३२ वडाको मतगणना जारी छ । रासस

6485
Shares

ट्रेन्डिङ