सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • चिसापानी गढी साकोसको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

चिसापानी गढी साकोसको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

7070
Shares
चिसापानी गढी साकोसको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

रामेछापको मन्थली नगरपालिका वडा नं ८ चिसापनी स्थित चिसापानी गढी बचत तथा ऋण सहकारी संस्थाको दोस्रो वार्षिक साधारण सभा कोरोना महामारीकै बिच सम्पन्न भएको छ ।

महामारीका कारण विगत बर्षहरुमा भन्दा फरक ढंगबाट सम्पन्न साधारण सभामा सदस्य स्वास्थ्य जोखिमलाई विशेष ध्यान दिइएको थियो । साधारण सभा संस्थाको सम्पर्क कार्यालय काठमाण्डौँमा असोज २ गते र केन्द्रिय कार्यालय चिसापानीमा ९ गते सम्पन्न भएको हो ।

चिसापानीका वडा अध्यक्ष राजकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सभापति कुमार श्रेष्ठ रहेका थिए । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि श्रेष्ठले सहकारीले देशको समृद्धिमा महत्वपुर्ण टेवा पु¥याउने हुँदा यस तर्फ सबै लाग्नुपर्ने बताए ।

उनले सहकारीले सदस्यको सन्तुष्टिमा ध्यान दिई आर्थिक समृद्धि तर्फ जुटनुपर्ने बताए । वडा अध्यक्ष समेत रहेका श्रेष्ठले बचत अहिलेको आवश्यकता भएको बताउँदै सबैले अनिवार्य बचत गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष कुमार श्रेष्ठले सहकारीकोे प्रगति विवरण र आगामी कार्ययोजना प्रस्तुत गरेका थिए । त्यस्तै संस्थाका कोषाध्यक्ष समिल कर्माचार्यले वार्षिक प्रतिवेदन र आगामी प्रस्तावित बजेट प्रस्तुत गरेका थिए । उक्त संस्थाको कारोबार रकम अहिले एक करोड १० लाख रहेको संस्थाका कोषाध्यक्ष समिल कर्माचार्यले जानकारी दिए ।

7070
Shares

ट्रेन्डिङ