सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • धुलिखेलमा खुल्ला फुटसल प्रतियोगिता हुदैँ , प्रथम पुरस्कार नगद १ लाख

धुलिखेलमा खुल्ला फुटसल प्रतियोगिता हुदैँ , प्रथम पुरस्कार नगद १ लाख

5790
Shares
धुलिखेलमा खुल्ला फुटसल प्रतियोगिता हुदैँ , प्रथम पुरस्कार नगद १ लाख

धु लिखेलमा प्रथम मेयर फुटसल प्रतियोगिता हुने भएको छ। धुलिखेल नगरपालिकाको बिशेष सहयोगमा व्याच नम्बर २०६५ धुलिखेलले बिजया दशमी-२०७८ को अवसरमा खुल्ला फुटसल प्रतियोगिता गर्न लागेको हो।

प्रतियोगिता धुलिखेल नगरपालिका वडा नम्बर-४ स्थित एसआर फुटसल श्रीखण्डपुरमा यहि असोज २३ गते हुनेछ। प्रतियोगिताका लागी ५ लाख १५ हजार खर्च हुने अनुमान गरेको संयोजक रविन खड्गीले जानकारी दिनुभयो।

प्रतियितामा प्रथम हुने टीमले नगद रु. १ लाख रुपैंया, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन्। दोश्रो हुनेले नगद ५० हजार ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने जानकारी दिएको छ। फुटसलमा १ लाख रुपैंया अहिलेसम्म कै सर्वाधिक नगद राशि भएको खड्गीले जानकारी दिनुभयो।

प्रतियोगितामा ४ जना खेलाडीलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ। अन्तर्राष्टिय प्रतियोगितामा १० गोल गरेका भारत खवास, जर्जप्रिन्स कार्की, बिक्रम लामा, सुरज्यु ठकुरी, तेज लामा, मणि लामाको नाम नोमिनेसनमा परेको आयोजकले बताएको छ।

काभ्रे जिल्ला फुटबल संघ र एसआर फुट्सलको प्राविधिक सहयोग रहेको छ। प्रतियिताका खेलहरु गोल नेपाल डटकम, नेवा टिभी एचडी र नेपाल सपोर्ट च्यानलबाट प्रत्येक्ष प्रशारण हुने आयोजकले जाकारी दिएको छ। यस्तै, मुख्य प्रायोजक थाई फुडको म्याक्स टाईगर ईनर्जी ड्रिंक्स, गुराँस लाईफ इन्स्योरेन्स रहेका छन्। भने धुलिखेल समाज काठमाडौं सहयोग गरेको छ।

प्रतियितामा सहभागिताको लागि ५ हजार दर्ता शुल्क तोकिएको छ। अन्तिम दर्ता मिति असोज २० गतेसम्म तोकिएको छ। प्रतियोगितामा काभ्रे, काठमाडौं, भक्तपुर र सिन्धुपलाञ्चोक लगायत जिल्लाका ३२ टिम भन्दा बढी हुने अनुमान आयोजकले गरेको छ। पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका अध्यक्ष बद्रीराज तिमल्सिना लगायतले शुभकामना मन्तव्य राखेका थिए।

5790
Shares

ट्रेन्डिङ