सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • प्रदेश क्षेत्र २ ख मा ३१५ मत सहित प्रथम घिमिरे

प्रदेश क्षेत्र २ ख मा ३१५ मत सहित प्रथम घिमिरे

4375
Shares
प्रदेश क्षेत्र २ ख मा ३१५ मत सहित प्रथम घिमिरे

 

पिता स्व रत्न प्रसाद घिमिरे र माता स्व लक्ष्मी घिमिरेको आठौं गर्भमा काभ्रेपलान्चोक जिल्लाको साबिक टुकुचा नाला गा वि स हाल बनेपा नगरपालिका वडा नं २ बस्टारमा आज भन्दा ठिक ३६ बर्ष अगाडि एक बालकको जन्म भयो।

६ दिदी बहिनी बिचमा दुई दाजुभाइ को जेठो छोराको रूपमा जन्मिएका गाउँ घरमा हरि भनेर चिनिने गँगा प्रसाद घिमिरेले जिवनमा ठुलो आरोह र अवरोहको सामना गर्नु भयको छ।

बाल्यकालमा पितृबात्सल्य बाट बिमुख हुनु परेका घिमिरेले पिताजि हुँदा कस्तो हुन्छ छिमेकीको हेरेर चित्त बुझाएका छन्। बाल्यकाल देखिनै संघर्षशिल जिवन यापन गर्दै आईरहेका गंगा प्रसाद घिमेरे (भान्जा) धनको भन्दापनि मनको धनि भयको बिषय उनको छरछिमेकि र संगतिहरू बताउँछन्।

उनि सानैदेखि सामाजिक सेवाका काममा अब्बल थिय। राजनितिमा पनि रूचि भयका उनि नेपाली काँग्रेसका तत्कालीन गा वि स का कृयाशिल सदस्य थिय।

पार्टिको विभिन्न भुमिकामा बसेर काम गरिसकेका गंगा प्रसाद २०७४ बैशाख ३१ गते सम्पन्न बनेपा नगरपालिका वडा नं २ को नगर सदस्य पदमा नेपाली काँग्रेस को तर्फबाट अत्याधिक बहुमतले बिजयि भयका थिय।

निर्वाचित भैसकेपछि मङ्सिरमा सम्पन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा सक्रिय भयका थिय। हाल सम्म पार्टिले दिएको जिम्मेवारीलाई कुशलता पुर्वक सम्पन्न गरेका छन्। पुर्व मन्त्री तथा संविधान सभा सदस्य कन्चन चन्द्र वादेको खुलेर प्रशंसा गर्ने घिमिरे वादेलाई आफ्नो असल राजनीतिक मार्गनिर्देशक भन्नु हुन्छ।

नेपाली काँग्रेसको आसन्न चौंधौ अधिवेशनमा जिल्लाको आचार्य समुहमा रहेर वडा देखि जिल्ला सम्मको अधिवेशनको कृयाकलापमा आफुलाई ब्यस्त बनाएका खरो स्वभावका, स्पष्ट बक्ता गंगा प्रसाद आफुलाई भने नेपाली काँग्रेस काभ्रेपलान्चोक को प्रदेश क्षेत्र २-ख को उपसभापतिको रूपमा प्रस्तुत गरेका थिय।

गत मंसिर ३ गते सम्पन्न निर्वाचनमा सम्पुर्ण उम्मेदवारहरू मध्ये कै अधिकतम ३१५ मत ल्याई निर्वाचित हुनु भएका गंगा प्रसाद घिमिरे ज्युलाई हाम्रो तर्फबाट पनि हार्दिक बधाई तथा सफल कार्यकालको लागि हार्दिक मंगलमय शुभ कामना ब्यक्त गर्दछौं।

यस प्रदेशमा कुल ६०६ मत मध्ये ६०३ मतदाताले मतदान गरेका थिय भने सभापतिमा २९९ मत परिणाम का साथ रामहरि श्रेष्ठ बिजयि हुनु भयको थियो भने २९७ मत परिणामका साथ भगवान अधिकारी दोस्रो हुनुभयको थियो। निर्वाचित सम्पुर्ण पदाधिकारीलाई सबैको समाचार परिवार हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।

4375
Shares

ट्रेन्डिङ