सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • प्रदेश प्रमुख कोइरालाद्वारा दुई विधेयक प्रमाणीकरण

प्रदेश प्रमुख कोइरालाद्वारा दुई विधेयक प्रमाणीकरण

2635
Shares
प्रदेश प्रमुख कोइरालाद्वारा दुई विधेयक प्रमाणीकरण

काठमाडौँ, कात्तिक १४ । प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले प्रदेशसभाबाट केही हप्ताअघि पारित भई आएका दुई विधयेक आज प्रमाणीकरण गर्नुभएको छ ।

नेपालको संविधानको धारा २०१९२० बमोजिम उहाँले सूचना हकको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र सार्वजनिक निजी सहकारी तथा साझेदारीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेश तामाङले बताउनुभयो ।

ती दुवै विधेयकलाई प्रमाणीकरणका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश प्रमुख सचिवालयमा आजै दर्ता गराएको थियो ।

– रासस

2635
Shares

ट्रेन्डिङ