काभ्रे : रोटरी क्लब अफ धुलिखेलका पूर्व अध्यक्ष एवं समाजसेवी रन्जिब श्रेष्ठको पहलमा मा ५० घरधुरी लाई कुखुराको चल्ला र पानी खुवाउने भाडो लगायत सहयोग प्रदान गरिएको छ ।
रोटरी क्लब अफ धुलिखेलको सहयोगमा धुलिखेल ११ पात्लेखेत युवा क्लबको समन्वयमा मंगलबार एक कार्यक्रम गरेर प्रतिघर २० वटा गिरिराज चल्ला,पानी खुवाउने भाडो र खोर व्यबस्थापनको लागि १ हजार रुपैयाँ बितरण गरिएको हो ।