सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • मान्छेमा सुँगुरको मिर्गौला प्रत्यारोपण सफल

मान्छेमा सुँगुरको मिर्गौला प्रत्यारोपण सफल

400
Shares
मान्छेमा सुँगुरको मिर्गौला प्रत्यारोपण सफल

काठमाडौँ ।  अमेरिकाको बोस्टनस्थित म्यासाचुसेट जेनेरल अस्पतालका शल्यचिकित्सकहरूले आनुवंशिक रूपमा इन्जिनियरिङ गरिएको सुँगुरको मिर्गौला ६२ वर्षीय एक बिरामीमा प्रत्यारोपण गरेका छन् । 

सुँगुरको मिर्गौलाजीवित मानिसमा प्रत्यारोपण गरिएको यो पहिलो पटक हो । नयाँ मिर्गौलाले गत हप्ताको शल्यक्रियालगत्तै पिसाब उत्पादन गर्न थालेको र बिरामीको अवस्थामा सुधार भइरहेको म्यासाचुसेट्स अस्पतालका चिकित्सकहरूले बताएका छन्। चिकित्सकहरूका अनुसार बिरामी अहिले अस्पतालभित्र घुम्न सक्ने भएको र छिट्टै डिस्चार्ज हुन सक्ने बताए ।

यदि आनुवंशिक रूपमा परिमार्जित जनावरहरूबाट निकालिएको मिर्गौला ठूलो मात्रामा प्रत्यारोपण गर्न सकिने भएमा डायलासिसको प्रचलन नै सकिन सक्ने अस्पतालका मिर्गौला प्रत्यारोपणका लागि मेडिकल निर्देशक डा. लियोनार्डो वी. रिएलाले बताए ।

अस्पतालको अभिभावक संस्था मास जनरल ब्रिघमले प्रत्यारोपण कार्यक्रमको विकास गरेको थियो।

400
Shares

ट्रेन्डिङ