सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • लाहुरेलाई आठ दिन हिरासतमा राख्न अनुमति

लाहुरेलाई आठ दिन हिरासतमा राख्न अनुमति

3405
Shares
लाहुरेलाई आठ दिन हिरासतमा राख्न अनुमति

 

लागू औषध ब्रा उन सुगरसहित प क्रा उ परेका र्‍यापर आशिष राना लाहुरेसहित चार जनालाई ८ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

जिल्ला अदालत कास्कीले चारै जनालाई आठ दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमति दिएको हो ।

कास्की प्र ह रीले यहि १४ पुसको राति ७ बजेतिर पोखरा महानगरपालिका ८ जाल्पारोडबाट उनीहरूलाई प क्रा उ गरेको थियो । प्र ह रीले उनीहरूको साथबाट ०.५१ ग्राम ब्राउन सुगर बरामद गरेको थियो ।

त्यस्तै, सभागृहस्थित सुस्मिता गुरूङको कोठाभित्र लुकाइछिपाइ राखेको अवस्थामा १२.५० ग्राम ब्रा उ न सुगर फेला परेको थियो । प्र ह रीले उनीहरूको साथबाट एक थान डिजिटल तराजु, नगद ३८ हजार ३५० रूपैयाँ, ५ थान मोबाइल, एक थान स्कूटर समेत बरामद गरेको थियो ।

शुक्रबार प क्रा उ परेकाहरूलाई आज अदालतमा उपस्थित गराइएको थियो । शनिवार सार्वजनिक विदा र आइतबार ल्होसारको बिदा परेकाले अदालतमा उपस्थित गराउन सकिएको थिएन् ।

प क्रा उ पर्नेमा ३२ वर्षीय र्‍यापर लाहुरेसहित पोखराका ३९ वर्षीय धु्रब बहादुर थापा, कास्कीको रुपा गाउँपालिका ७ घर भएका ३० वर्षीय बिक्की भनिने नबिनकुमार गुरूङ र स्याङजा भिरकोट नगरपालिका ६ घर भई पोखरा बस्ने २२ वर्षीया सुस्मिता गुरूङ रहेका छन् ।

 

3405
Shares

ट्रेन्डिङ