काभ्रेको बेथानचोक गाउँपालिकामा हिमपातपछि जनजीवन प्रभावित बनेको छ ।
झण्डै लगातार २४ घण्टा निरन्तर परेको हिउले बेथानचोक गाउँपालिकाको माथिल्लो भागको जनजीवन निकै प्रभावित बनेको पर्यटन ब्यवसायी कमल प्रसाद नेपालले जानकारी दिनुभयो ।
नेपालका अनुसार हिमपातपछि बिद्युत सेवा पूर्व रूपमा अवरुद्ध भएको छ । जसका कारण इन्टरनेट सेवा बन्द हुन पुगेको छ । खानेपानी बन्द भएको छ । हिउँ बेस्सरी जमेका कारण ग्रामीण सडकहरू सबै अवरूद्ध भएका छन् ।
खेती बाली र आधुनिक टनेलमा क्षती पुगेको छ ।चिसो अत्याधिक बढेको छ । जसका कारण बालक, बृद्धबृद्धा थप समस्यामा परेका छन् । जंगलमा रुख र हाँगा अत्याधिक भाँचियो पर्यटन ब्यवसायी नेपालले बताउनुभयो ।
बस्तिमै एक फिट भन्दा बढि हिउँ सकिसकेको छ । हिउँ अझै पर्ने क्रम नरोकिएको ब्यवसायी नेपालले बताउनुभयो ।
हर्कभञ्याङ, सिर्थली, चोरण्डे, कामीखोरिया लगायतका बस्तिहरु र बेथानचोक नारायणस्थान, गजराम पर्वत जस्ता उच्च भेगमा ब्यापक हिमपात भएको छ ।