सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • मकर मेलाका कारण कोटेश्वर नाकामा चाप

मकर मेलाका कारण कोटेश्वर नाकामा चाप

9820
Shares
मकर मेलाका कारण कोटेश्वर नाकामा चाप

 

काभ्रेकाे पनौतीमा लागेकाे मेलाका कारण काठमाण्डौको कोटेश्वर हुँदै बाहिरिने र भित्रिने गाडीको चाप बढ्न थालेको छ । कोटेश्वर जगाती हुँदै पनौती पुगिने भएकाले यो नाकामा हरेक दिन चाप पर्ने गरेको छ।

विशेष गरी कार्यालय समयमा धेरै जाम हुने गरेको छ । हरेक १२ वर्षमा मात्रै मेला लाग्ने भएकाले मेलामा जानेहरुकाे भिड छ । यात्रुको भिडले सार्वजनिक गाडीमा ओहोरदोहोर गर्न नै मुस्किल छ।

अहिले सार्वजनिक गाडी र निजी गाडीमा पनौती मेला भर्न जानेहरुको सङ्ख्या उत्तिकै छ । पनौतीको त्रिवेणीघाटमा लाग्ने मकर मेला गएको १ गतेदेखि सुरु भएको हो । मेला भर्न पुगेका दर्शनार्थीले त्रिवेणीघाटमा रहेको कुण्डमा मकर स्नान गर्ने गरेका छन्।

सूर्य धनु राशिलाई छोडेर मकर राशिमा प्रवेश गरेको पहिलो दिन माघ १ गतेदेखि एक महिनासम्म १२ वर्षमा एक पटक मेला लाग्ने भएकाले यसलाई मकर मेला भनिएको हो ।

मेला भर्न पुग्ने दर्शनार्थीको सङ्ख्या बढेसँगै त्यहाँ फोहोरमैला समेत बढेको छ । मकर मेलाको भोलि अन्तिम दिन हो।

 

9820
Shares

ट्रेन्डिङ