सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रे काँग्रेसको सभापतिमा हुने भयो लामा र पौडेलको भिडन्त

काभ्रे काँग्रेसको सभापतिमा हुने भयो लामा र पौडेलको भिडन्त

11095
Shares
काभ्रे काँग्रेसको सभापतिमा हुने भयो लामा र पौडेलको भिडन्त

 

काभ्रे :  नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशनमा जिल्ला सभापतिमा अच्युत प्रसाद पौडेलले उम्मेदवारी घोषणा गरेका छन्  ।

हालका जिल्ला उपसभापति समेत रहेका पौडेलले आफुले जिल्ला सभापतिको उम्मेदवारी दिने सबैको समाचारलाई बताए ।

उम्मेदवारी घोषणा गरेका पौडेल निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत खुल्ला सदस्य तर्फबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भइसकेका छन् । पौडेल मधु प्यानलका हुन् ।

पौडेल त्याग र निष्ठाका नेता मानिन्छन् । शिव हुमागाईं प्यानलले जिल्ला सभापतिको उम्मेदवार तीर्थ लामालाई घोषणा गरिसकेको छ ।

अब मधु प्यालनले तीर्थ लामालाई काउण्टर दिन र माथिल्लो उमेर समूहका बौद्धिक निर्वाचन प्रतिनिधिको मत आफु तिर आकर्षित गर्न पौडेल सबैभन्दा उपयुक्त उम्मेदवार मधु प्यानलको हुन सक्ने देखिन्छ ।

यहि मंसिर १० गने हुने काँग्रेसको जिल्ला अधिवेशनमा अब काभ्रेमा शिव हुमागाईं प्यानलबाट लामा र मधु प्यालनबाट पौडेलले जिल्ला सभापतिमा कडा प्रतिस्पर्दा गर्ने भएका छन् ।

11095
Shares

ट्रेन्डिङ