सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • काभ्रेका कृषकलाई लैनो गाई वितरण

काभ्रेका कृषकलाई लैनो गाई वितरण

6085
Shares
काभ्रेका कृषकलाई लैनो गाई वितरण

 

 

काभ्रेको पनौती नगरपालिका वडा नं ३ का कृषकहरुलाई १० वटा लैना गाई वितरण भएको छ।

 

पनौती नगरपालिका कृषी तथा पशुपंक्षी शाखाको बार्षिक कार्यक्रम अन्तर्गत लागत साझेदारीमा लैना गाई वितरण गरिएको हो। यस आर्थिक वर्ष अन्तर्गत पहिलो चरणमा नगरपालिकाको वडा नं ३, कुशादेबीका कृषकहरुलाई १० वटा लैना गाई वितरण गरिएको छ।

 

गाई पकेट क्षेत्रको रुपमा रहेका नगरका वडा नम्बर १०, ३, र ८ नम्बर वडा रहेको कृषी तथा पशुपंक्षी शाखाका प्रमुख मणिप्रसाद सापकोटाले बताउनुभयो। वडा नम्बर ३ कुशादेबी क्षेत्रमा २४ वटा लैना गाई वितरण गरिने उहाँले बताउनुभयो।

 

प्रमुख सापकोटाले यो वर्ष ६० वटा लैना गाई वितरण गरिने उहाँले जानकारी दिनुभयो। एउटा लैनो गाईलाई किसानको ४० प्रतिशत र नगरपालिकाको ६० प्रतिशत लागत साझेदारी रहेको छ।

 

जस अन्तर्गत किसानले ३६ हजारमा औषधी उपचार, एक वर्षसम्मको नि:शुल्क बिमासहित लैनो गाई प्राप्त गर्ने उहाँले बताउनुभयो। करिव ९० हजार लागत पर्न आउने एउटा लैनो गाईको अन्य खर्च नगरपालिकाले बहन गरेको छ।

 

वितरण गरिएको गाईबाट प्रतिछाक न्युनतम मापदण्ड ८ लिटर दुध भएपनि १० लिटर भन्दा बढी दुध निकाल्न सकिने प्रमुख सापकोटाले जानकारी दिनुभयो। गाईको खानपानमा ध्यान दिन पनि किसानहरुलाई उहाले आग्रह गर्नुभएको छ।

 

कार्यक्रममा बोल्दै नगर प्रमुख भिम न्यौपानेले कृषि क्षेत्रलाई प्राथमिकता दिदै आएको पनौती नगरपालिकाले पशु र कृषि क्षेत्रबाटै पनौती नगरका निम्न आए भएका बिपन्न बर्गका किसानको आर्थिक उन्नति गर्न सकिने विश्वास लिएको बताउनु भयो। कृषकको जीवनस्तर उकास्न बर्षौदेखि भैंसी, गाई, बाख्रा, बोकाहरु लागत साझेदारीमा वितरण गर्दै आएको बताउनुभयो।

 

यस्तै, पनौती नगरपालिकाका उप-प्रमुख गीता बन्जाराले किसानको पनि केहि लागत परेकोले नगरपालिकाले दिएको गाई नसम्झी खानपिन र स्याहारमा ध्यान दिन सके मनग्य आम्दानी लिन सकिने बताउनुभयो।

 

कार्यक्रममा नगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारी, कृषी तथा पशुपंक्षी शाखा प्रमुख मणिप्रसाद सापकोटा, टियुका प्राध्यापक डक्टर निलम शर्मा, वडा नम्बर ३ का अध्यक्ष लगायतले मतब्य राख्नुभएको थियो। कृषि तथा पशुपन्छी शाखा पनौतीका कृषि अधिकृत लिलानाथ सापकोटाले कार्यक्रम संचालन गर्नुभएको थियो।

 

 

6085
Shares

ट्रेन्डिङ