सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • धुलिखेल अस्पतालको विमा सेवा बन्द हुँदै

धुलिखेल अस्पतालको विमा सेवा बन्द हुँदै

45135
Shares
धुलिखेल अस्पतालको विमा सेवा बन्द हुँदै

काभ्रेको सदरमुकाम धुलिखेल स्थित धुलिखेल अस्पताललाई सरकारले वेवास्था गर्दा स्वास्थ्य बिमा बन्द हुने भएको छ ।

स्वास्थ्य बिमा बापतको भुक्तानी रोकिँदा धुलिखेल अस्पताल आर्थिक संकटमा परेको हो। स्वास्थ्य बिमा बोर्डले बिमाबापत अस्पताललाई करिब २५ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ ।

विमा सेवाको खर्च करीब २५ करोड बोर्डले यहि असार मसान्त सम्म अस्पताललाई भुक्तानी नगरे स्वस्थ्य बिमा सेवा ठप्प पार्ने अस्पतालले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

२०७४ सालदेखि विमा बोर्डसंग सम्झौता गरेर धुलिखेल अस्पतालले काभ्रे,रामेछाप,सिन्धुपाल्चोक र भक्तपुर लगायत देशैभरबाट दैनिक औसत १ हजार ३०० जनालाई सेवा दिदै आएको छ ।

 

45135
Shares

ट्रेन्डिङ