सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • झापा सेवा समाज काभ्रेले गर्यो सामाजिक कार्यको थालनी

झापा सेवा समाज काभ्रेले गर्यो सामाजिक कार्यको थालनी

5085
Shares
झापा सेवा समाज काभ्रेले गर्यो सामाजिक कार्यको थालनी

काभ्रे ; झापा सेवा समाज काभ्रेले सामाजिक कार्यको थालनी सुरु गरेको छ। झापा सेवा समाज काभ्रेले एक जनालाई १२ कक्षासम्म निशुल्क पढाउने भएको छ ।

झापा सेवा समाज काभ्रेले रोशी गाउँपालिका वडा नम्बर ४ माहादेभ टारमा निवासी सितामाया तामाङ र ज्ञानबहादुर तामाङका छोरा प्रकाश तामाङ लाई प्रगती प्रभात एकेडेमिमा कक्षा ३ देखि १२ कक्षा सम्म निशुल्क पढाउने भएको हो ।

धनेश्वोर महादेव आधारभुत बिद्यालयमा कक्षा ३ मा अध्यनरत छात्र प्रकाश तामाङ्लाइ प्रगती प्रभात एकेडेमिमा निशुल्क अध्ययन गर्ने वाताबरण झापा सेवा समाज काभ्रेले गरेको छ।

आर्थिक अवस्था एकदमै कमजोर परिवारका प्रकाश पनि बोर्डिङ स्कुल पढन पाउने भएकोमा मख्ख देखिन्थे। प्रगती प्रभत एकेडेमिको कार्यालयमा भएको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चन्द्र प्रसाद ताजपुरिया, झापा सेवा समाजका सचिब राम चन्द्र भट्टराई र कोषाध्यक्ष भिम बास्कोटाले मन्तब्य राखेका थिए भने धनेश्वर महादेव आधारभुत बिध्यालय ब्यवस्थापन समितिका अध्यक्षले विद्यालय तथा झापा सेवा समाजलाइ शुभकामना प्रस्तुत गरेका थिए।

कार्यक्रममा झापा सेवा समाजका अन्य सदस्यहरुमा श्याम नेपाल,हेम राज दङ्गाल,सुजन पौडेल,भिम मगरको उपस्थिति रहेको थियो।

5085
Shares

ट्रेन्डिङ