सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • मण्डनदेउपुर नगरपालिकाले नगरबासीसंग ‘नगल्ने फोहोर किन्ने’

मण्डनदेउपुर नगरपालिकाले नगरबासीसंग ‘नगल्ने फोहोर किन्ने’

3965
Shares
मण्डनदेउपुर नगरपालिकाले नगरबासीसंग ‘नगल्ने फोहोर किन्ने’

काभ्रेको मण्डनदेउपुर नगरपालिकाले सरसफाईमा नविनतम कार्यक्रम ल्याएको छ । नगरप्रमुख टोक बहादुर वाईबाले नगरपालिकाको ११ औँ नगरसभामा सरसफाईसम्बन्धी आकर्षक योजना प्रस्तुत गर्नुभएको हो ।

नगरपालिकाले नगल्ने फोहोर नगरबासीको घरघरबाटै खरिद गर्ने कार्यक्रम बनाएको छ । नगरबासीको घरबाट खरिद गरिएका त्यस्ता फोहोर नगरपालिकाले उद्योगलाई बिक्री गर्नेछ । यो कार्यक्रमले नगरबासीलाई गल्ने र नगल्ने फोहोर छुट्याउन समेत हौसला मिल्ने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले गल्ने फोहोरबाट ग्यास उत्पादन गरी नजिकको बस्तीमा निःशुल्क विरतण गर्ने नीति अवलम्बन गरेको छ । त्यस्तै सरसफाई सम्बन्धी नगरपालिकाले दुई वटा अभियान एकसाथ चलाउने भएको छ ।

ग्रीन मण्डनदेउपुर तथा क्लिन मण्डनदेउपुर र कुलोमा सफा पानी तथा नदीमा सफा पानी अभियान सञ्चालन गरिने नगरप्रमुख वाइबाले जानकारी दिनुभयो । नगरपालिकाले खुल्ला प्लाष्टिक मुक्त नगर घोषणका लागि समेत तयारी गर्ने कार्यक्रम बनाएको छ ।

3965
Shares

ट्रेन्डिङ