सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • तीन सय ६३ जनाले लिए निःशुल्क गर्भपतन सेवा

तीन सय ६३ जनाले लिए निःशुल्क गर्भपतन सेवा

5195
Shares
तीन सय ६३ जनाले लिए निःशुल्क गर्भपतन सेवा

सरकारले सुरक्षित गर्भपतनका लागि औषधि निःशुल्क गरेसँगै झापामा ३६३ जनाले निःशुल्क गर्भपतन सेवा लिएका छन् ।
आर्थिक वर्ष २०७३÷७४ को छ महिनाको अवधिमा झापाका ११ वटा सूचीकृत स्वास्थ्य संस्थाबाट उनीहरुले गर्भपतन सेवा लिएका हुन् । नौ हप्ता (६३ दिन) को गर्भपतन गराउने औषधि ‘मेटाबोन’ गत असोजदेखि सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको छ ।
सो अवधिमा धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्रबाट ७८ जना, शनिअर्जुनबाट २८ जना, सुरुङ्गा स्वास्थ्य चौकीबाट ६८ जना, बनियानीबाट १६, शिवगञ्जबाट ३५, शान्तिनगरबाट १८ जना, चन्द्रगढीबाट २०, अनारमनिबाट ५१, तोपगाछीबाट १० र गौरादहबाट ३१ जनाले गर्भपतन सेवा लिएका हुन् ।
साउन र भदौ महिनामा ती संस्थाबाट रु ५०० तिरेर महिलाले सेवा लिए पनि असोजयता सेवा निःशुल्क गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स अनिता ओलीले जानकारी दिनुभयो । सूचीकृत ती संस्थालाई प्रतिव्यक्ति रु ८०० सरकारले नै दिने उहाँले बताउनुभयो ।
त्यस्तै, सोही अवधिमा मेडिकल र सर्जिकल दुवै माध्यमबाट मेरी स्टोप सेन्टर बिर्तामोडबाट ५५३ जनाले गर्भपतन सेवा लिएको सेन्टरका प्रमुख यज्ञराज प्रसाईंले जानकारी दिनुभयो । त्यस्तै, परिवार नियोजन सङ्घ झापाले पनि ३३८ जनालाई गर्भपतन सेवा प्रदान गरेको छ ।
सम्बन्धित महिलाको मन्जुरीबिना वा अन्य कुनै कारणबाट गर्भ रहन गएमा १२ हप्तासम्मको गर्भ स्वेच्छिक रुपमा तुहाउन सक्ने अधिकार २०६० को स्वास्थ्य नीतिले सम्बन्धित महिलालाई दिएको छ । चिकित्सकको परामर्शमा नौ हप्तासम्मको गर्भ औषधिको माध्यमबाट तुहाउन सक्ने कानुनी व्यवस्था रहेको छ । रासस

5195
Shares

ट्रेन्डिङ