सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • आजदेखि भिटामिन ए खुवाइँदै

आजदेखि भिटामिन ए खुवाइँदै

365
Shares
आजदेखि भिटामिन ए खुवाइँदै

काठमाडौं । आजदेखि देशभर बालबालिकालाई भिटामिन ए खुवाइँदैछ ।

भिटामिन ए क्याप्सुल ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई खुवाइन्छ । भिटामिन ए ३२ र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने बताइएको छ ।

सरकारले बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो ।

आज र भोलि दुई दिन सरकारले बालबालिकाहरुलाई राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

सरकारले प्रत्येक आर्थिक वर्षमा कात्तिक र बैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ ।

365
Shares

ट्रेन्डिङ