सबैको समाचार
सोमवार, बैशाख १७, २०८१

कार्कीको भनाइमाथि आपत्ति

2725
Shares
कार्कीको भनाइमाथि आपत्ति

काठमाडौं, ३१ जेठ । निवर्तमान प्रधानन्यायाधीश सुशीला कार्कीले पदीय गरिमाविपरीत भ्रमपूर्ण अभिव्यक्ति दिएको भन्दै महान्यायाधिवक्ताको कार्यालयले आपत्ति जनाएको छ । कार्कीले बिबिसी नेपाली सेवाद्वारा आइतबार प्रस्तुत ‘साझा सवाल’ मा महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठलाई मुद्दाको विषयसँग जोडेर लाञ्छित गरेकी थिइन् । महान्यायाधिवक्ताको कार्यालयले अपवादजनक र काबु बाहिरको परिस्थितिमा बाहेक सरकारी वकिलबाट मुद्दाको पेसी हटाउने कार्य नभएको र आगामी दिनमा पनि नहुने भन्दै कार्कीको भनाइको प्रतिवाद गरेको हो ।
अाजको अन्नपूर्ण पोस्टमा खबर छ– आफू स्वयंले न्याय सेवा आयोगको अध्यक्षता गरी सरकारी वकिललाई स्थानीय निकाय निर्वाचन अधिकृतमा सिफारिस गरेको अवस्थामा चुनावको बहानामा मुद्दा हटाएको भनेर कार्कीबाट टिप्पणी भएको विषयमा समेत उक्त कार्यालयले विज्ञप्तिमार्फत गम्भीर आपत्ति प्रकट गरेको छ ।
‘दिनहुँ दर्जनौं सरकारी वकिलले सर्वोच्च तथा अन्य तहका अदालतमा सरकारको तर्फबाट बहस पैरवी प्रतिरक्षा गरिरहेको तथ्यलाई अनदेखा गरी सरकारी वकिलको संस्थालाई नै मुद्दाको कारबाही प्रक्रियाको अवरोधका रूपमा चित्रण गर्ने गरी प्रसारण भएको उक्त अन्तर्वार्तामा सरकारी वकिलसँग सम्बन्धित विषयमा गरिएका टिप्पणी पूर्वप्रधानन्यायाधीश जस्तो गरिमामय पदमा रहेको सम्मानित संस्थाको नेतृत्वबाट हुनु स्वाभाविक नरहेको व्यहोरा सबैमा जानकारी गराउँदै त्यस्तो अभिव्यक्तिप्रति महान्यायाधिवक्ताको कार्यालयबाट गम्भीर आपत्ति प्रकट गरिन्छ’, उक्त कार्यालयका प्रवक्ता सञ्जीव रेग्मीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

2725
Shares

ट्रेन्डिङ