सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • काँग्रेस सात, माओवादी केन्द्र १२ र एमाले एक वडामा विजयी

काँग्रेस सात, माओवादी केन्द्र १२ र एमाले एक वडामा विजयी

3965
Shares
काँग्रेस सात, माओवादी केन्द्र १२ र एमाले एक वडामा विजयी

रोल्पा, १६ असार । रोल्पामा हालसम्म २० वटा वडाको मतपरिणाम सार्वजनिक गरिएको छ । मतपरिणाम सार्वजनिक गरिएका वडामा नेकपा ९माओवादी०ले अग्रता लिएको छ भने नेपाली काँग्रेसले माओवादी केन्द्रलाई पछ्याउँदै गएको छ । यसैगरी नेकपा ९एमाले० तेस्रो स्थानमा देखिएको छ । परिणाम घोषित वडामध्ये नेकाले सातवटा वडा र नेकपा माओवादी केन्द्रले १२ वटा वडामा विजयी हासिल गरेको छ । नेकपा एमाले भने अहिलेसम्म एक वडामा मात्र सीमित रहेको छ । जसअनुसार नेकाले सुकीदह गाउँपालिका–१, रुन्टी गढी गाउँपालिका–२, ३ र ४, सुवर्णावती गाउँपालिका–१, लुङ्ग्री गाउँपालिका–१ र रोल्पा नगरपालिका–१० मा विजय हासिल गरेका छ ।
रोल्पा नगरपालिका–१० मा दुई मत हराएको भन्दै नेकपा ९माओवादी केन्द्र०ले पुनः मतदानको माग गरेको कारण परिणाम घोषणा गरिएको छैन । सो वडामा नेकाका उम्मेदवार मानबहादुर खत्रीले ७०८ मत प्राप्त गरेका छन् भने नेकपा ९माओवादी केन्द्र०का मतिलाल डाँगीले ६२२ मत प्राप्त गरेका छन् ।
यसैगरी, नेकपा ९माओवादी केन्द्र० विजयी भएका वडामा थवाङ गाउँपालिका–४ र ५, दुईखोली गाउँपालिका–१ र २, माडी गाउँपालिका–१ र २, रुन्टीगढी गाउँपालिका–१, सुकीदह गाउँपालिका–२, सुनछहरी गाउँपालिका–१, रोल्पा नगरपालिका–१, त्रिवेणी गाउँपालिका–१ र लुङ्ग्री गाउँपालिका–७ रहेका छन् । नेकपा ९एमाले०ले त्रिवेणी गाउँपालिका–२ मा विजय हासिल गरेको छ । परिणाम घोषणा गरिएका सम्पूर्ण वडामा एकल प्यानल विजयी भएको बताइएको छ ।
एक नगरपालिका र नौ गाउँपालिका रहेको रोल्पामा नेपाली काँग्रेस र नेकपा ९माओवादी केन्द्र० बीच नै तीव्र प्रतिस्पर्धा रहेको छ । नेकपा ९एमाले० जिल्लामा तेस्रो स्थानमा देखिएको छ । हाल सुवर्णावती, रुन्टीगढी र लुङ्ग्री गाउँपालिकामा नेका अगाडि छ भने रोल्पा नगरपालिका, थवाङ गाउँपालिका, सुनछहरी गाउँपालिका, दुईखोली गाउँपालिका र माडी गाउँपालिकामा नेकपा माओवादी केन्द्र अगाडि रहेको छ ।
नेकपा एमालेले सुकीदह गाउँपालिका र त्रिवेणी गाउँपालिकामा अग्रता लिएको छ । थवाङ गाउँपालिकामा नेका र स्वतन्त्र उम्मेदवारले तालमेल गरेका थिए भने माडी गाउँपालिकामा नेका र नेकपा ९एमाले०ले तालमेल गरेको भएपनि दुवै गाउँपालिकामा नेकपा ९माओवादी केन्द्र०ले अग्रता लिएको बताइएको छ । रासस

3965
Shares

ट्रेन्डिङ