सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • स्यारोनको आरोपबारे सुनिल रावलको बयानः त्यसमा कुनै सत्यता छैन् ।

स्यारोनको आरोपबारे सुनिल रावलको बयानः त्यसमा कुनै सत्यता छैन् ।

5085
Shares
स्यारोनको आरोपबारे सुनिल रावलको बयानः त्यसमा कुनै सत्यता छैन् ।

सायद २’ की नायिका स्यारोन श्रेष्ठले निर्माता सुनिल रावललाई केहि गम्भिर आरोप लगाएकी छिन्। बिहिबार चलचित्र संघको कार्यालय विशालनगरमा पत्रकारह?सँग कुरा गर्दै उनले निर्माता रावलप्रति यस्तो आरोप लगाएकी हुन् । स्यारोनले निर्माता रावललाई सुटिङ सेटमा जिस्काउने देखि आफ्नो गर्लफ्रेन्ड बन्न दबाब दिने आरोप समेत लगाएकी छिन्। ‘मेरो गर्ल फ्रेन्ड बन्न इयर होस्टेस बनाइदिन्छु समेत भन्नुभयो’–स्यारोनले भनेकी छिन्–‘पछि सरी भन्दै जोक गरेको भन्नुभयो।’
साथै स्यारोनले नचलेपछि आफुलाई एक करोडमा मस्ती गरेको भन्ने आरोप निर्माता रावलले लगाएको पनि दाबि गरिन् । उनले फिल्मकै लागी आफुले आफ्नो बोर्ड परिक्षा पनि छाडेको बताएकी छिन् । सुनिल रावलले आफ्नो अनुमति विना पत्रकारह?लाई नंम्बर दिएको र राति २ बजे पत्रकारले फोन गरेर दुःख दिएको पनि दुखेसो पोखिन् । साथै रावलबाट आफुले केहि रकम पनि पाउन बाँकी रहेको दाबि गरेकी छिन् ।
हेरौँ, के भनेकी छिन् स्यारोनले ?

के भन्छन् निर्माता सुनिल रावल ?
यता निर्माता रावलले भने स्यारोनले लगाएको आरोमा कुनै सत्यता नभएको बताएका छन्। आफुले स्यारोनलाई दिनुपर्ने पैसा केवल दुई हजार मात्रै भएको उनी बताउँछन्। स्यारोनको नाममा ४८ हजार पैसा दिईसकेको र अब उनलाई दिनुपर्ने बाँकी दुई हजार मात्र भएको सुनिलको दाबि छ । फिल्ममा आउने पहिलो अर्थात डेब्यु कलाकार भएकोले उनीसँग ५० हजारमा सम्झौता भएको उल्लेख गरे । तर फिल्म प्रचारप्रसार गरेर रिलिज भएपछि पैसा दिने सम्झौता भए पनि आफुले स्यारोनलाई ४८ हजार दिईसकेको र अब बाँकी दुई हजार मात्रै दिनुपर्ने निर्माता रावलको भनाई छ।
निर्माता भएको हिसाबले आफ्नो लगानी नडुबोस भन्ने चाहना सबैलाई हुने उनको भनाई छ। नायिका प्रसारप्रसारमा हिडिदेओस् भन्ने चाहना भएपनि स्यारोन मिडियाबाट टाढा रहेको बताए। फिल्म प्रचारको लागि बोलाउँदा स्यारोनले सधैँ परिक्षा छ भनि टार्ने गरेको उनले बताए ।
निर्माताले पत्रकारलाई नंम्बर दिएको र पत्रकारले राति दुई बजे फोन गरेर डिस्टर्ब गरेको भन्ने आरोपको पनि निर्माता रावलले खण्डन गरेका छन् । यस विषयमा उनले भनेका छन्–”मैले पब्लिसिटिका लागि नंबर दिएको हुँ तर उहाँलााई मैले भनेको थिएँ राति ९ बजेपछि फोन रिसिभ नगर्नु । मैले उहाँलाई सर्पोट गरेको छु । उहाँको अभिनय राम्रो छ, उहाँलाई सधैँ प्रोत्साहन गरेको छु । तर राति दुई बजे अपरिचित नंम्बरबाट आएको फोन उहाँले उठाउनुभयो त म के गरुँ ? त्यो त उहाँले नै सोच्नुपर्ने कुरा हो । यस्तो आरोप मलाई आरोप लगाउनु कतिको जायज हो ।”
निर्माता रावलले आफुले नेपाली फिल्म उद्योगलाई सके जति योगदान दिएको तर अहिले आएर एक नायिकाले आफ्नो बदनाम गर्न खोजेको दुखेको पोखे । गर्लफ्रेन्ड बन्न दबाब दिएको भन्ने स्यारोनको आरोपको पनि रावलले जवाफ दिएका छन् । “एउटा फिल्म निर्माताले गर्लफ्रेन्ड बन् म नायिका बनाईदिन्छु भन्न सक्छ तर इएर होस्टेज बनाईदिन्छु कसरी भन्न सक्छ ?”–उनले भने–”म कुनै इएर लाईन्सको मान्छे पनि होईन् । त्यसैले उहाँको भनाईमा कुनै सत्यता छैन्”।
साथै एक करोडमा मस्ति गरेको भन्ने भनाईको पनि सुनिलले प्रतिक्रिया दिएका छन् । उनले आफुले करोडौँ लगाएर फिल्म बनाएको तर स्यारोन प्रचारमा नआउँदा आफुले त्यस्तो भनेको उनले बताए । उनले भने–”मैले लगानी गरेको छु, उहाँ फिल्म प्रचारमा नहिँडेपछि निर्माताको हिसावले मैले रहर पुरा गर्न आउँछन् भनेर भन्न नपाउनु?”
साथै उनले आफुलाई लगाएका आरोपह?को प्रमाण देखाउन पनि चुनौति दिएका छन् । केहि मिडियाह?ले एकतर्फि समाचार लेखेको भन्दै रावलले असन्तुष्टि पनि जनाएका छन् । साथै रावलले यस्तो हल्लाको पछि नलाग्न आग्रह पनि गरे । शायद, होस्टेल, होस्टेल रिर्टन्स जस्ता सुपरहिट फिल्म निर्माण गरिसकेका निर्माता रावलले अनमोल के.सि, नाजिर हुसेन, संयम पुरि, सुशिल श्रेष्ठ, स्वस्तिमा खड्का जस्ता हिट कलाकार जन्माईसकेका छन् ।
-गज्जब टि.भी बाट

5085
Shares

ट्रेन्डिङ