सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • पत्नीको शरीरबाट गोली निकाल्दै पूर्वराजा

पत्नीको शरीरबाट गोली निकाल्दै पूर्वराजा

2860
Shares
पत्नीको शरीरबाट गोली निकाल्दै पूर्वराजा

काठमाडौँ, साउन ३२ । धुँवा, धुलोमात्र हैन, राजनीतिक वातावरणदेखि बालबच्चाको पढाई पनि नसप्रिएपछि अब पूर्वराजाको परिवारले वैकल्पिक बसोबासको रुपमा थाइल्याण्ड रोज्ने भएको छ । एक महिनाअघि नै त्यता लागेकी हिमानी शाह भदौ २ गते शुक्रबार थाइ एयरको उडानबाट फर्कंदैछिन् । यहाँका विभिन्न महत्वपूर्ण कामहरु भ्याएर फेरि ११ गते त्यसतर्फ उड्ने योजना छ ।

उता थाइल्याण्डमा पूर्वराजा ज्ञानेन्द्रको विस्तृत स्वास्थ्य परीक्षण चलिरहेको छ । यही मौकामा दरबार हत्याकाण्डमा परेकी पूर्वराजनी कोमलको शरीरबाट गोली निकाल्ने प्रयास पनि हुँदै गरेको स्रोतले जनाएको छ । मोटाइसँगै मधुमेह र रक्तचाप बढेका कारण तत्काल गोली निकाल्न नमिल्ने, तर अझै केही वर्ष गोली भित्रै रहँदा त्यो क्रमशः क्यान्सर बनेर शरीर गाल्ने खतरा छ । अहिले तौल घटेको छ, तर मधुमेहको आक्रमणसँगै रक्तचाप स्थिर हुन नसक्दा समस्या आएको निर्मल निवास स्रोतले जनाएको छ ।
-जनआस्था साप्ताहिक

2860
Shares

ट्रेन्डिङ