सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • गणेशमानलाई सम्झिन आएनन् प्रकाशमान

गणेशमानलाई सम्झिन आएनन् प्रकाशमान

2710
Shares
गणेशमानलाई सम्झिन आएनन् प्रकाशमान

काठमाडौं । लौहपुरुष गणेशमान सिंहको १०३ औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा छोरा प्रकाशमानको उपस्थिति देखिएन । गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले शान्ति बाटिकामा गरेको कार्यक्रममा गणेशमा सिंहका छोरा प्रकाशमान सिंहको उपस्थिति थिएन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सम्वोधन गरेको कार्यक्रममा पूर्वराष्ट्रपति डा.रामवरण यादव पनि उपस्थिति थिएन । बुबाको जन्मजयन्तीमा गरिएको कार्यक्रममा छोरा प्रकाशमान सिंह नै उपस्थिति नहुँदा सहभागीले खल्लो मानेका थिए ।

प्रकाशमानलाई कार्यक्रममा प्रत्येक वर्ष बोलाउने गरिएको छ । तर, उनी उपस्थित हुने गरेका छैनन् । भीमसेनदास प्रधान अध्यक्ष रहेको प्रतिष्ठानले गणेशमानको सम्झनामा कार्यक्रम गर्ने गरेको छ ।

-जनता समाचार बाट

2710
Shares

ट्रेन्डिङ