सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • काभ्रेमा विप्लबको नेपाल बन्दले यात्रुलाई सास्ती, १३ जना बन्दकर्ता पक्राउ

काभ्रेमा विप्लबको नेपाल बन्दले यात्रुलाई सास्ती, १३ जना बन्दकर्ता पक्राउ

8025
Shares
काभ्रेमा विप्लबको नेपाल बन्दले यात्रुलाई सास्ती, १३ जना बन्दकर्ता पक्राउ

 

काभ्रे : नेत्रविक्रम चन्द्र (विप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आब्हान गरेको नेपाल बन्दको असर काभ्रेमा विहानै देखि परेको छ । विप्लब पार्टीले
पेट्रोलिय पदार्थको मुल्यबृद्धिको विरुधमा नेपाल बन्दको आब्हान गरेको हो ।

अरनिको र बीपी राजमार्गमा यात्रु बहाक सवारी साधन चलेका छैनन् । अरनिको राजमार्ग भएर सिन्धुपाल्चोक, दोलखा जाने सवारी साधन पनि राजमार्गमा गुडेका छैनन् । त्यस्तै बीपी राजमार्ग हुदैँ राजधानीबाट बाहिरीने र भित्रिने सवारी साधन पनि राजमार्ग कम देखिन्छन् ।

बनेपा, धुलिखेल, पनौती, पाँचखाल, कुन्ताबेसी, भकुन्डे जस्तो जिल्लाको सहरिया चोकहरुमा प्र हरीको आफ्नो संख्या बढाएको छ । अप्रिय घ ट ना हुन सक्ने तर्फ सचेत रहदैँ सिभिलमा समेत प्र हरी परिचालित छन् ।

धुलिखेलको चोकमा बन्द कर्ता छैनन् । प्र ह री ठूलो संख्यामा तैथान छन । प्र ह रीले गस्ती पनि अघिल्लो दिनको तुलनामा निकै बढाएको छ । बन्दको सूचना नपाएको सर्वसाधारण गन्तब्यमा जान सडकको दायाँ बायाँ गाडी कुरेर बसेको देखिन्छ । यातायात ब्यवसायीहरु स्वस्फुर्त रुपमा यातायात चलाएका छैनन् ।

एम्बुलेन्स, दूध, तरकारी, कुखुरा बोकेका सवारी साधन निर्वाध रुपमा चलेका छन् । दुई पांग्रे सवारी साधन पनि राजमार्गमा गुडेको देखिन्छन् । बनेपाबाट १३ जना बन्दकर्ता प क्रा उ परेका छन् । जिल्ला प्र हरी कार्यालय धुलिखेलको टोलीले बनेपा बजारबाट १३ जनालाई प क्रा उ गरेको इलाका प्र हरी कार्यालय बनेपालले जनाएको छ ।

8025
Shares

ट्रेन्डिङ