सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • ‘कृ’ र ‘कान्छी’ सँगै आए के हुन्छ ?

‘कृ’ र ‘कान्छी’ सँगै आए के हुन्छ ?

3485
Shares
‘कृ’ र  ‘कान्छी’ सँगै आए के हुन्छ ?

लामो समयदेखि छायाँकन भैरहेको अनमोल केसी स्टारर फिल्म ‘कृ’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माता सुवास गिरीले सामाजिक सञ्जाल मार्फत बिहिबार मध्यान्ह् माघ २६ देखि ‘कृ’ प्रदर्शनमा आउने घोषणा गरेका हुन्।

अनमोल केसी र नव नायिका अदीति बुढाथोकीको मुख्य भूमिका रहेको फिल्मको ट्रेलर मंसिरको पहिलो साता सार्वजनिक हुने समेत निर्माता गिरीले जानकारी गराएका छन् ।

तर माघ २६ मै प्रदर्शन मिति तोक्दै नायिका श्वेता खड्काले फिल्म ‘कान्छी’ को शिर्ष गएको साता सार्वजनिक गरेकी छिन् । दुई प्रतिक्षित फिल्मको एकै मितिमा प्रदर्शन मिति तोकिंदा फिल्मी वृत्तमा भने कम्पन गएको ।

‘कृ’ र ‘कान्छी’ एकसाथ आए दर्शक भाँडिने धेरैले चिन्ता व्यक्त गरेका छन् । माघ २६ मा कुन फिल्म रिलिज होला, ‘कृ’ कि ‘कान्छी’ ? या दुवै फिल्म सँगै लाग्लान ?यदि ‘कृ’ र ‘कान्छी’ एकसाथ प्रदर्शनमा आएमा दुवै फिल्मलाई नाफा कम घाटा ज्यादा पर्नेछ ।

-रमाइलो छ बाट

हल बाँडफाँडमा प्रतिक्षित र पहुँचको खेल हुनेछ । हल कम पाउने फिल्मको प्रत्यक्ष असर व्यापारमा देखिनेछ । यसको असर निर्मातालाई पर्नेछ ।
माघ २६ बाट ‘कृ’ या ‘कान्छी’ मध्ये कुनै एक फिल्म सर्नुको विकल्प छैन ।

घाटा हुने बुझ्दा बुझ्दै पनि सँगै दुई फिल्म प्रदर्शनमा आएमा दुवै फिल्मको निर्माताको खुट्टामा वञ्चरो पर्नेछ । चोट कति लाग्छ ? त्यो चाहिं दर्शकको हातमा छ ।

3485
Shares

ट्रेन्डिङ