सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • ‘पशुपति प्रसाद ३’ निर्माण हुने

‘पशुपति प्रसाद ३’ निर्माण हुने

1010
Shares
‘पशुपति प्रसाद ३’ निर्माण हुने

 ‘पशुपति प्रसाद २ : भष्मे डन’पछि निर्माण कम्पनी टुकी आर्ट्सले ‘पशुपति प्रसाद’को तेस्रो शृङ्खला निर्माण गर्ने भएको छ ।

छाडिएका पात्र र अपूरा कथालाई  पूरा गर्न नयाँ शृङ्खला घोषणा गरिएको निर्देशक दीपेन्द्रकुमार खनालले बताएका छन् ।

रोजिना सिटौलाले निर्माण गर्नुहुने उक्त चलचित्रमा शृङ्खलाका कलाकारसँगै नयाँ पनि थपिने लेखक खगेन्द्र लामिछानेले बताएका छन् । कथा लेखन र अभिनयमा आफू व्यस्त भएको कुरा लेखक लामिछानेले बताए ।

दोस्रो शृङ्खलाको क्रममा चलचित्र भवन पुग्दा पशुपति प्रसाद कहिले हेर्न पाइन्छ रु भन्ने दर्शकले जिज्ञासा राखेको र योजना अनुरुप यसलाई निरन्तरता दिने घोषणा गरेको लामिछानेले बताएका छन् ।

1010
Shares

ट्रेन्डिङ