सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेका एसपी जोशीको ८ बुँदे निर्देशन र चेतावनी जारी

काभ्रेका एसपी जोशीको ८ बुँदे निर्देशन र चेतावनी जारी

14005
Shares
काभ्रेका एसपी जोशीको ८ बुँदे निर्देशन र चेतावनी जारी

 

जिल्ला प्र हरी कार्यालय काभ्रेका प्रमुख प्र हरी उपरीक्षक (एसपी) चक्रराज जोशीले कार्यालयका सिनियर प्र हरी अधिकृत, जुनियर प्र हरी अधिकृत तथा जवानहरुलाई भेला गरे ८ बुँदे निर्देशन सहितको चे ता व नी जारी गर्नुभएको छ ।

एसपी जोशीले आज जिल्ला प्र हरी कार्यालयमा सबैलाई भेला गराएर निर्देश दिनुभएको हो । एसपी जोशीले जिल्ला प्र हरी कार्यालय काभ्रेपलाञ्चोक तथा मातहत प्र हरी ईकाईहरुमा कार्यरत प्रत्येक प्र हरी कर्मचारीहरुले जिल्ला प्र हरी प्रमुख, सिनियर प्रहरी अधिकृतहरु नाम र मोवाईल नम्बर र प्र हरी काम कारवाहीसंग सम्बन्धित जिल्ला प्रहरी कार्यालयको शाखाहरुको सम्पर्क नम्बर अनिवार्य रुपमा राख्न निर्देशन दिनुभएको छ ।

प्रत्येक प्र हरी कर्मचारीको कार्य सम्पादन मुल्याङकन व्यक्तिगत सम्बन्धको आधारमा नभई प्र हरी नियमावली, २०७१ बमोजिम प्र हरी कर्मचारीहरुले पदिय जिम्मेवारी अनुसार गरेको कार्य सम्पादनको आधारमा पुरस्कार र सजायको व्यवस्था गर्न निर्देशन जारी गर्नुभएको छ ।

त्यस्तै प्र हरी नियमावली, २०७१ बिपरीत नेपाल प्र हरीको छबिमा आँच आउने कार्य गरेमा सोही नियमावली बमोजिम कारवाहीको भागिदार हुने चेतावनी दिनुभएको छ ।

बिदा सम्बन्धमा कुनै कन्जुस्याई नगरी बिदा प्रदान गर्न सकिने तर प्रत्येक प्र हरी कर्मचारीले समयको पालना गरी भाईचाराको भावना राखी बिदा अवधी भुक्तान गरे पश्चात तोकिएको समय सिमा भित्र कार्यालय हाजिर हुनुपर्न निर्देश गरिएको छ ।

सामुहिक भावना सहित Joint effort मा Team work गर्नाले प्रहरी काम कारवाहीमा सफलता प्राप्त हुने भएकोले एक अर्कालाई सहयोग गर्ने र कुनै कमी कमजोरी भएमा सुधार गर्न दिई कमजोरी औल्याउन दिने पनि एसपीको निर्देशनमा भनिएको छ ।

बैध अबैध जुवा तास, नदीजन्य पदार्थ र खानी उद्योग, क्रशर लगायतका कल कारखानाको प्राप्त सुचनाको बिश्लेषण एवं आदन प्रदान गरी अबैध क्रियाकलापहरुको नियन्त्रणमा गर्न बिभिन्न श्रोतहरुबाट प्राप्त हुने सूचनालाई ब्यवस्थित र समयमै समाधान गर्न भनिएको छ ।

प्र हरी कर्मचारी अनैतिक क्रियाकलापमा संलग्न नहुने, नगर्ने, मदिरा सेवन नगर्ने, जुवा तास नखेल्ने, कोभिड १९ को महामारीमा मास्क, सेनीटाईजरको प्रयोग गरी स्वास्थ्य मापदण्ड पालना गर्दै व्यक्तिगत स्वास्थ्य सुरक्षामा समेत ध्यान दिन एसपी जोशीले निर्देशन दिनुभएको छ ।

त्यसैगरी प्र हरी कर्मचारी कार्यसम्पादनमा संगठन प्रति समर्पित रहेर नागरिक मैत्री सेवा प्रदान गर्न एसपी जोशीले सिनियर प्र हरी अधिकृत, जुनियर प्र हरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिनुभएको जिल्ला प्र हरी कार्यालयले जनाएको छ ।

 

14005
Shares

ट्रेन्डिङ