सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • वाम गठबन्धनले एक दलीय शासन लाद्न खोज्योः प्रधानमन्त्री देउवा

वाम गठबन्धनले एक दलीय शासन लाद्न खोज्योः प्रधानमन्त्री देउवा

3355
Shares
वाम गठबन्धनले एक दलीय शासन लाद्न खोज्योः प्रधानमन्त्री देउवा

कैलाली , प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा कम्युनिष्टहरुको गठबन्धनले एक दलीय शासन लाद्न खोजेको आरोप लगाउनुभएको छ । बुधबार कैलालीको लम्कीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा वाम गठबन्धनको नाममा कम्युनिष्टहरुले नेपाली जनतालाई अन्धकार तिर धकेल्न खोजेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले नेपालको इतिहासमा प्रजातन्त्रको रक्षाका लागी नेपाली कांगे्रेसले ठूलो भुमिका खेलेको भन्दै आम सुदु्रपश्चिमका जनताले लोकतान्त्रिक गठबन्धनलाई मतदान गर्न आव्हन गर्नुभयो ।

देउवाले जनतालाई डर धम्की र त्रासमा पार्ने कम्युनिष्टहरु एकातिर र देशमा शान्ति र स्थायित्व चाहने लोकतान्त्रिक गठबन्धन एकातिर रहेकाले शान्ति र स्थायित्वका लागि जनताले लोकतान्त्रिक गठबन्धनलाई नै अत्याधिक मतले विजय गराउने विश्वास व्यक्त गर्नुभयो ।

मंगलबारदेखि प्रदेश नम्बर ५ को बर्दिया, बाँकेमा भएका बिभिन्न चुनावीसभा सम्बोधन गर्दैै कैलाली पुगेका देउवाले सुदूरपश्चिमको विकासको लागी आफू सधँै लागि परेको बताउनुभयो ।

-जनता समाचार बाट

3355
Shares

ट्रेन्डिङ