सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • उदयपुरमा बम विस्फोट, कांग्रेस उम्मेदवार कार्कीसहित ६ जना घाइते

उदयपुरमा बम विस्फोट, कांग्रेस उम्मेदवार कार्कीसहित ६ जना घाइते

3495
Shares
उदयपुरमा बम विस्फोट, कांग्रेस उम्मेदवार कार्कीसहित ६ जना घाइते

मंसिर १३, उदयपुर । उदयपुरको दनुवारबेसीमा उम्मेदवारलाई लक्षित गरेर बम विस्फोट भएको छ । विस्फोटमा परि प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्कीसहित ६ जना घाइते भएका छन् ।
उहाँको चुनाव प्रचारमा प्रयोग भएको बा १५ च ७८०६ नम्बरको गाडीलाई लक्षित गरी बम विस्फोट भएको हो ।

विस्फोटमा परि घाइते हुनुभएका कांग्रेस उम्मेदवार कार्कीको अवस्था गम्भीर रहेको उदयपुरका प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै कांग्रेस कार्यकर्ता मिरा कटुवाल, धनमाया धौलाकोटी र गाडी चालक राजन कार्की पनि घाइते हुनुभएको छ ।

कटुवालको दुवै खुट्टामा गम्भीर चोट लागेको छ । यसैगरी प्रहरी हबलदार कृष्ण श्रेष्ठ र प्रहरी जवान कालिदास श्रेष्ठ पनि घाइते हुनुभएको छ ।
घाइतेलाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं ल्याउने तयारी भएको छ । घाइतेको अहिले स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार भइरहेको छ । बम कसले विस्फोट गराएको भन्ने थाहा भएको छैन । अहिले त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

3495
Shares

ट्रेन्डिङ