सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • मेलम्ची सुरुङको अम्बाथान-ग्याल्थुम खण्डको ब्रेक-थ्रू दुई साताभित्रै

मेलम्ची सुरुङको अम्बाथान-ग्याल्थुम खण्डको ब्रेक-थ्रू दुई साताभित्रै

4305
Shares
मेलम्ची सुरुङको अम्बाथान-ग्याल्थुम खण्डको ब्रेक-थ्रू दुई साताभित्रै

अर्को खण्ड पनि जनवरीभित्रै सक्ने लक्ष्य
४ पुस, काठमाडौं । मेलम्ची आयोजनाको सुरुङअन्तर्गत् अम्बाथान-ग्याल्थुम खण्ड दुई साताभित्र ब्रेक-थ्रु हुने भएको छ ।उक्त खण्डको बाँकी करिब सय मिटर सुरुङ अर्काे १२ दिनभित्र सक्ने गरी मेलम्ची आयोजनाले काम गरिरहेको छ ।आयोजना प्रमुख रामचन्द्र देवकोटाका अनुसार त्यसपछि ग्याल्थुम-सिन्धु सुरुङ मात्रै ब्रेक-थ्रु गर्न बाँकी रहनेछ । उक्त खण्डको लम्बाइ करिब पाँच सय १५ मिटर छ । आगामी चैतसम्म काठमाडौंमा मेलम्चीको पानी ल्याउने आयोजनाको लक्ष्य छ ।
‘अर्को खण्ड पनि जनवरीभित्रै ब्रेक-थ्रु गर्ने योजनामा छौं,’ देवकोटाले भने, ‘त्यस खण्डमा नरम चट्टान भेटिएकाले केही समस्या छ । तर, समयमै काम सक्न हामी प्रतिवद्ध छौं ।’उनका अनुसार सुरुङ खन्दा नरम चट्टान भेटिए समस्या हुन्छ, बलियो चट्टान भेटिँदा काम सहज हुन्छ ।दुवै खण्ड ब्रेक-थ्रु भएपछि सुरुङ खन्ने काम सकिनेछ । सुुन्दरीजलदेखि सिन्धुसम्मको करिब नौ दशमलव चार किमि सुरुङ ०७३ पुस मध्यमै छेडिएको थियो ।
प्लास्टरका लागि मेसिन ल्याइयो
खनिसकिएको सुरुङको प्लास्टर र फिनिसिङको काम पनि सँगै अगाडि बढाइएको छ । सात महिना अघिदेखि सुरुङभित्र प्लास्टरको काम गरिँदैछ ।
सुरुङको प्लास्टरका लागि भारतबाट आठ वटा मिक्स्चर मेसिन नेपाल आइसकेका छन् । तीमध्ये तीन वटा आयोजना स्थलमा पुगिसकेका छन् । अन्य पाँच वटा वीरगञ्जबाट काठमाडौं ल्याइँदैछ ।
प्रशोधन केन्द्रको सफल परीक्षण
सुरुङ छेडेर प्लास्टर सकिएपछि सीधै मेलम्चीको पानी सुन्दरीजलको प्रशोधन केन्द्रमा ल्याउने योजना छ । प्रशोधनपछि मात्रै यसलाई वितरण लाइनमा पठाइनेछ ।प्रशोधन केन्द्रको परीक्षण भइरहेको छ । साढे आठ करोड लिटर क्षमताको उक्त प्लान्टमा वागमतीको पानी हालेर परीक्षण गरिएको छ । ‘जुन, सफल भएको छ । अब सुरुङबाट पानी ल्याउनासाथ वितरण सञ्जालमा पठाउन समस्या हुँदैन,’ देवकोटाले भने ।सुरुङ निर्माणको काम इटालीको कम्पनी को-अपरेटिभ मुरातोरी एन्ड केमेन्टेस्टी (सीएमसी)ले गरिरहेको छ ।
चाइना रेल्वेले सेप्टेम्बर २०१३ सम्म काम सक्ने गरी सन् २००९ मा सुरुङको ठेक्का लिएको थियो । तर, काम सुस्त भएपछि सन् २०१२ मा सम्झौता तोडिएको थियो ।त्यतिबेला चिनियाँ ठेकेदारले ६ किलोमिटर मात्रै सुरुङ खनेको थियो । इटालीको कम्पनीले पनि भूकम्प र नाकाबन्दीको कारण समयमै काम गर्न सकेको थिएन । अब भने अन्तिम चरणमा पुगेको छ ।
-अनलाईन खबर बाट

4305
Shares

ट्रेन्डिङ