होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सबैको समाचार
आइतवार, अशोज १४, २०८०
  • होमपेज
  • थाङ्पालकोट अलैँचीको पकेट क्षेत्र घोषणा हुँदै

थाङ्पालकोट अलैँचीको पकेट क्षेत्र घोषणा हुँदै

थाङ्पालकोट अलैँचीको पकेट क्षेत्र घोषणा हुँदै

सिन्धुपाल्चोक जिल्लाको हिमाली क्षेत्रमा पर्ने थाङ्पालकोट गाविस यही माघ १४ गते अलैँची पकेट क्षेत्र घोषणा हुने भएको छ ।
अलैंचीको निकै विस्तार भएको, खेतीको प्रचुर सम्भावाना रहेको र खेतीका लागि यो स्थान उपयुक्त रहेको भन्दै जिल्ला कृिष विकास कार्यालयले थाङ्पालकोटलाई अलँैची पकेट क्षेत्र घोषणा गर्न लागेको कृषि विकास कार्यालयले बताएको छ ।
अलैँची खेतीका लागि थाङ्पालकोटवासीबाट सिक्नुपर्ने नमुनाको रुपमा विकास हुँदै गइरहेको छ ।
गाविसमा विगत १० वर्षदेखि अलँैचीखेती हुँदै आएको टाल्टुले कृषि लघु उद्यमी अलैँची समूहका अध्यक्ष दोगदोग तामाङले जानकारी दिनुभयो ।
थाङ्पालकोटमा अलैँची उत्पादन फस्टाउनुका साथै यसको राम्रो उत्पादनसमेत हुँदै आएको कृषकहरु बताउँदै आइरहेका छन् ।
उक्त गाविसका कृषकहरु अलैँची उत्पादनबाट आत्मनिर्भर हुनुुका साथसाथै मनग्य आम्दानीसमेत गर्न सफल भएका छन् ।
खेतीका लागि जिल्लाको उपयुक्त स्थान र उत्पादन राम्रो रहेको जिल्ला कृषी विकास कार्यालय, चौताराका वरिष्ठ कृषि विकास अधिकृत हिक्मतकुमार श्रेष्ठले बताउनुभयो ।
थाङ्पालकोटमा मात्रै ९०० रोपनीमा अलैँची खेती भइरहेको श्रेष्ठले जानकारी दिनुभयो । जिल्लाका थाङ्पालकोट, बरुवा, चोकटीलगायत विभिन्न ओसिला ठाउँहरुमा अलैँचीखेती हुँदै आएको छ ।
सिन्धुपाल्चोकका किसानहरु उत्साहका साथ अलैँचीखेतीमा सक्रिय देखिएपनि यो वर्ष भाउ घटेकाले किसानहरु चिन्तित बनेका छन् । रासस

ट्रेन्डिङ