सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • दुई हजार परिवारलाई लालपूर्जा वितरण

दुई हजार परिवारलाई लालपूर्जा वितरण

4685
Shares
दुई हजार परिवारलाई लालपूर्जा वितरण

महोत्तरी ४ पुस । वर्षौंदेखि जग्गा भएर पनि लालपूर्जाविहीन नगरपालिका र गाउँपालिकाका दुई हजार जनालाई महोत्तरी जिल्ला नापी कार्यालय र जिल्ला भूमि अधिकार मञ्चले लालपूर्जा वितरण गरेका छन् ।
बलवा नगरपालिका र महोत्तरी गाउँपालिकाका दुई हजार ४ सय ६१ लालपूर्जाविहीनलाई लालपूर्जा वितरण गरिएको जिल्ला नापी कार्यालयका प्रमुख कमलेशचन्द्रलाल कर्णले बताए ।
बलवाका ७ सय ३१ र महोत्तरीका एक हजार ७ सय ३० जनालाई लालपूर्जा वितरण गरिएको मञ्चका जिल्ला संयोजक राजकुमार बस्नेतले जानकारी दिए ।
उनीहरुलाई गाउँठाउँमै पुगेर नापी टोली र मञ्चका पदाधिकारीले लालपूर्जा वितरण गरेको १ नं नापी टोली प्रमुख तथा सर्वेयर उमेशलाल कर्णले बताए । मञ्चका अध्यक्ष सिनमाया गिरीका अनुसार महोत्तरी जिल्लामा अहिले २१ हजार व्यक्ति भूमिहीन तथा ऐलानी, पर्ती र सार्वजनिक जग्गामा बसोबास गर्दै आएकाले उनीहरुलाई पनि चाँडै मञ्च र नापी कार्यालयको सहयोगमा लालपूर्जा वितरण गरिने बताइन् ।
–जनता समाचार बाट

4685
Shares

ट्रेन्डिङ