सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • कारको ठक्करबाट एकको मृत्यु, दुई घाइते

कारको ठक्करबाट एकको मृत्यु, दुई घाइते

455
Shares
कारको ठक्करबाट एकको मृत्यु, दुई घाइते

कैलाली  ।  गएराति भारतीय नम्बर प्लेटको कारको ठक्करले  कैलालीमा  एक साइकल यात्रीको मृत्यु भएको छ ।

ठक्करबाट दुई जना घाइते भएका छन् ।   टीएस ०८ जिबी ६५३७ नम्बरको भारतीय कारको ठक्करबाट लम्कीचुहा नगरपालिका –१ का ६० वर्षीय कुलचन्द्र जोशीको मृत्यु भएको हो । 

गाडीको ठक्करबाट गम्भीर घाइते भएका  जोशीको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । लम्कीचुहा नगरपालिका –१० का ४२ वर्षीय भुवन जोशीले चलाएको सो कारले लम्कीचुहास्थित मोतीपुर चौकमा ठक्कर दिएको थियो । 

पूर्व–पश्चिम राजमार्गमा पूर्वतर्फ जाँदैगर्दा सो कारले जोशीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी  दिए ।

साइकलयात्रीलाई ठक्कर दिनुभन्दा अगाडि नै सोही कारले लम्कीचुहा नगरपालिका –६ मा दुई जनालाई ठक्कर दिएर भागेको थियो । ठक्करबाट ५५ वर्षीय मनिराम चौधरी र ५० वर्षीय ठग्गु चौधरी पनि घाइते भएका थिए ।

455
Shares

ट्रेन्डिङ