सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • चीनले किन गर्यो १३ हजारभन्दा बढी वेबसाइट बन्द ?

चीनले किन गर्यो १३ हजारभन्दा बढी वेबसाइट बन्द ?

2880
Shares
चीनले किन गर्यो १३ हजारभन्दा बढी वेबसाइट बन्द ?

काठमाडौँ, पुस १३ । चीनले हालसम्म १३ हजारभन्दा बढी अवैध वेबसाइट बन्द गरेको छ । सन् २०१५ देखि अहिलेसम्म चीनले १३ हजारभन्दा बढी वेबसाइट बन्द गरेको हो ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार चिनीयाँ सांसदको स्थायी समितिका उपाध्यक्ष वाङ सेन्ङजुनले यस्तो जानकारी दिएका हुन् । उनले अन्य दुई हजार दुई सय वेबसाइटका सञ्चालकलाई समेत बोलाएर कुराकानी गरिएको बताए ।
यो अवधिमा चीनले आफ्नो देशको इन्टरनेट सेवाको आचारसंहिता उल्लघंन गरेको भन्दै करिब एक करोड इन्टरनेटका विभिन्न सेवाका एकाउन्ट बन्द गरेको छ ।चीनले ती वेबसाइटले आतंकवादी समूहलाई सहयोग गरेको र अश्लील दृश्यको प्रयोग गरेकाले उक्त वेबसाइट बन्द गरेको बताएको छ ।
-गोरखापत्र

2880
Shares

ट्रेन्डिङ