सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • काभ्रेमा डेंगी संक्रमित संख्या ह्यातै बढ्दै

काभ्रेमा डेंगी संक्रमित संख्या ह्यातै बढ्दै

830
Shares
काभ्रेमा डेंगी संक्रमित संख्या ह्यातै बढ्दै

पछिल्लो केही दिनयता काभ्रेमा डेंगी संक्रमितको संख्या बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । पछिल्लो २४ घण्टामा काभ्रेमा ४ जनामा डेंगी संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

काभ्रेको पाँचखाल नगरपालिकाका १ जना जना पुरुष, नमोबुद्ध नगरपालिकाका २ जना पुरुष र रोशी गाउँपालिकाका १ जना पुरुष गरी ४ जनामा डेंगी संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेकी प्रमुख डा.अनिता खनालले जानकारी दिइन् । उनका अनुसार, पछिल्लो केही दिनयता जिल्लामा डेंगी संक्रमितको संख्यामा वृद्धि भएको छ ।

त्यस्तै, दुई दिनअघि मात्रै पनि काभ्रेमा ९ जनामा डेंगी संक्रमण पुष्टि भएको थियो । । यस वर्षको साउनलदेखि हालसम्म काभ्रेमा ८५ जना महिला र ८२ जना पुरुष गरी १६७ जनामा डेंगी संक्रमण पुष्टि भएको कार्यालयकी प्रमुख डा.खनालले बताइन् ।

कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार, काभ्रेको १३ वटा स्थानीय तहमध्ये बनेपा नगरपालिकामा सबैभन्दा धेरै डेंगी संक्रमितको संख्या रहेको छ । हालसम्मको विवरणमा बनेपा नगरपालिकामा ३५ जना महिला र ३० जना पुरुष गरी ६५ जनामा डेंगी संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ ।

त्यस्तै, धुलिखेल नगरपालिकामा २१ जना, पनौती नगरपालिकामा २० जना, पाँचखाल नगरपालिकामा ७ जना, नमोबुद्ध नगरपालिकामा २२ जना, मण्डनदेउपुर नगरपालिकामा १८ जना, भुम्लु गाउँपालिकामा १ जना, रोशी गाउँपालिकामा ८ जना, तेमाल गाउँपालिकामा २ जना, खानीखोला गाउँपालिकामा १ जना, महाभारत गाउँपालिकामा १ जना र चौंरीदेउराली गाउँपालिकामा १ जनामा डेंगी संक्रमण पुष्टि भएको कार्यालयको विवरण उल्लेख छ ।

बेथानचोक गाउँपालिकामा भने हालसम्म डेंगी संक्रमितको संख्या शून्य रहेको छ । जिल्लामा डेंगी संक्रमितको संख्या बढ्दै गएसँगै यसको रोकथाम तथा नियन्त्रणका लागि ‘खोज र नष्ट’ अभियान, विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको कार्यालयले जनाएको छ ।

830
Shares

ट्रेन्डिङ